४ पुष २०८२, शुक्रबार
,
Latest
डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरी र बच्चाको मृत्युपछि अस्पतालमा तनाव



अ+ अ-

चितवन, भदौ २५ । चितवनको एक अस्पतालमा पाठेघर फुटेर सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चित्रवन नगरपालिका वडा नं ८ की ३० वर्षीया मञ्जुकुमारी महतो हुन् ।

उनलाई सुत्केरी बेथा लागेपछि भदौ २२ गते भरतपुरको ओम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा बच्चा जन्माउने क्रममा उनको पाठेघर फुटेर शिशुको समेत मृत्यु भएको अस्पतालले जनाएको छ ।

भदौ २३ गते सामान्य प्रक्रियाबाट सुत्केरी गराउने क्रममा उनको पाठेघर फुटेको र ओम अस्तालमा उपचार सम्भव नभएपछि भरतपुर अस्पतालमा पठाइएको अस्पतालका चिकित्सक डा. विनोद पाठकले बताए । उपचारका क्रममा महतोको बिहीबार राति मृत्यु भएको थियो ।

उपचारका क्रममा महतोको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्तले शुक्रबार बिहानैदेखि अस्पताल अगाडि नाराबाजी गरिरहेका छन् । उनको उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् । रासस