३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

दरबारमार्गको केएफसी फेरि खुल्यो

दरबारमार्गको केएफसी फेरि खुल्यो
अ+ अ-

काठमाडौं, भदौ २६ । वैशाखदेखि अनिश्चितकालका लागि बन्द बहुराष्ट्रिय कम्पनी केन्टुकी फ्राइड चिकेन (केएफसी) को नेपालस्थित बिक्री केन्द्र खुलेको छ । मजदुर–व्यवस्थापनबीचको विवादले बन्द केएफसी शुक्रबारदेखि पुनः सञ्चालनमा आएको हो ।

केएफसीका व्यवस्थापक देवयाणी इन्टरनेसनल नेपाल प्रालिका निर्देशक रोहित कोलीले केएफसी पुनः सञ्चालनमा ल्याउन पाउँदा उत्साहित भएको बताए । उनले केएफसीको ब्लुबर्ड मलस्थित बिक्री केन्द्र पनि दुई साताभित्रै सञ्चालनमा ल्याइसक्ने जानकारी दिए ।

‘अब केएफसी नियमित रूपमा सञ्चालनमा आइसकेको छ । बिहान ११ बजेदेखि राति ११ बजेसम्म केफएसी खुला रहन्छ,’ कोलीले भने, ‘जे विवाद थियो, त्यो समाधान भइसकेको छ । केएफसी पुनः सञ्चालनमा आउँदा व्यवस्थापनका साथै कर्मचारीसमेत खुसी छन् ।’

व्यवस्थापनले मजदुर तथा कर्मचारीबाट सुरक्षा खतरा भएको भन्दै दरबारमार्गस्थित केएफसी र पिज्जाहट तथा ब्लुबर्ड मलस्थित केएफसी र पिएचडी रेस्टुराँ ३० वैशाखदेखि अनिश्चितकालका लागि बन्द गरेको थियो । बन्द भएको झन्डै साढे चार महिनापछि केएफसी पुनः सञ्चालनमा आएको हो । पिज्जाहट र पिएचडी भने सधैँका लागि बन्द गरिएको कोलीले जानकारी दिए ।

व्यवस्थापनले श्रम कार्यालयबाट कर्मचारी कटौतीको स्वीकृतिसमेत लिइसकेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

सोहीअनुसार पिज्जाहट र पिएचडी बन्द हुँदा कर्मचारीसमेत कटौती गरिएको छ । तर, के–कति कर्मचारी कटौती गरिएको भन्ने व्यवस्थापनले जानकारी दिएको छैन । यसअघि केएफसी, पिज्जाहट र पिएचडीमा गरी एक सय ५६ जना कर्मचारी कार्यरत थिए ।

व्यवस्थापनले पोखरामा समेत केएफसीको चेन सञ्चालनमा ल्याउनेबारे गृहकार्य थालेको छ । ‘पोखरामा पनि केएफसीको चेन खोल्नेबारे व्यवस्थापनले सोचिरहेको छ,’ निर्देशक कोलीले भने, ‘उपयुक्त समय आएपछि केएफसी पोखरामा पुग्नेछ ।’

अमेरिकी ब्रान्ड केएफसी सन् २००९ को अक्टोबरदेखि काठमाडौंको दरबारमार्गमा सञ्चालनमा आएको हो ।