काठमाडौँ, भदौ २६ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की—मुनले नेपालमा पछिल्लो समय देखिएको हिंसा र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै अर्थपूर्ण वार्ता गर्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।
महासचिव बानले संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको नेपालको पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको आफ्ना प्रवक्ता स्टेफान डुजारिकमार्फत शनिबार पत्रकारहरुलाई न्यूयोर्कमा जानकारी गराएका छन् ।
नेपालका प्रमुख राजनीतिक दलले संविधानको मतदान प्रक्रिया केही दिन रोकेकोमा त्यसको स्वागत गर्दै यो मौकालाई सबैपक्षले सदुपयोग गर्न पनि महासचिव बानले आग्रह गरेका छन् । उनले वार्ता र अहिंसाको माध्यमबाट समाधान निकाल्न आग्रह गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन र भेला हुन पाउने स्वतन्त्रताको सम्मानमा पनि जोड दिएका छन् ।
© 2023