२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.95

Wind: 1.03

Humidity: 46

Latest
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, तोलामा कति पुग्यो? वनस्पति क्षेत्र को थप विकास र व्यवस्थित गर्न जरुरीः वनमन्त्री ठकुरी दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइँदै टिपरको ठक्करबाट चाइनिज कामदारको मृत्यु अर्थमन्त्री पौडेलसमक्ष उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन बुझायो, के छन् अर्थतन्त्र सुधारका सुझाव ? राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधे सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण आज पनि देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

“हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ”



अ+ अ-

काठमाडौँ, भदौ २७। सभाध्यक्षा सुवास नेम्वाङले आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्राप्त संशोधन प्रस्तावमा मतदान हुने बताउनुभएको छ ।

रेडियो नेपालको ‘अन्तरसंवाद’ कार्यक्रमलाई आज बिहान दिनुभएको अन्तर्वार्तामा उहाँले प्रमुख दलको आग्रहमा शुक्रबार र शनिबार मतदानको प्रक्रिया स्थगन गरिएकाले आज बिहान ११:३० मा बस्ने पहिलो बैठकमा शीर्ष नेताले बोल्ने र त्यसपछि केही समय स्थगन भई दोस्रो बैठकदेखि प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो उहाँका अनुसार शीर्ष नेताले छलफलमा भाग लिएपछि संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिनुहुनेछ । उहाँले अहिलेसम्मका आन्दोलन र उपलब्धि तथा जनताको भावना समेटिएको प्रगतिशील र लोकतान्त्रिक संविधान तयार भएकाले यसलाई जारी गर्ने ऐतिहासिक चरणलाई पूरा गर्न सबैमा आग्रह पनि गर्नुभयो ।

अध्यक्ष नेम्वाङले आजको बैठक अगाडि कुनै नयाँ सहमति भएमा विद्यमान संशोधन प्रस्तावभित्र मिलाएर सम्बोधन गर्न सकिने तथा यदि वार्ता र प्रक्रिया दुवै निरन्तर रहेमा संविधान जारी भएपछि पनि संशोधन गर्न सकिने जनाउनुभयो । उहाँले भन्नुभयो, “हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ, यसबाट दायाँबायाँ वा पछाडि फर्कने ठाउँ छनै, अगाडि बढेर बाहिर निस्कनाको विकल्प छैन ।” रासस