३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

सभासद्लाई नै विश्वास थिएन

सभासद्लाई नै विश्वास थिएन
अ+ अ-

काठमाडौं, भदौ २८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई आइतबार पनि संविधानसभा बैठकमा जान उत्ति जाँगर लागेको थिएन । बैठक नै सुरु नहुने भए पनि कर्मकाण्डीमात्र हुने हो कि भन्ने लाग्दालाग्दै आए ।

‘सात वर्षसम्म तारेख धाएकै हो, आज अर्को दिन पनि थपिने त हो नि भन्दै गह्रुँगो मन लिएर आएको थिएँ,’ संविधानसभामा शीर्ष नेताहरुले प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएपछि भन्दैथिए, ‘तर, आज बढो खुसी भएँ ।’

तराई मधेसको आन्दोलन, विभिन्न जातीय समूहको प्रदर्शनबीच संविधानसभाले बाटो लिएपछि आफूसँगै जनताको चरम निराशा पनि कम भएको केसीले बताए । ‘विरोध, बाधा हुन्छन्, सामना गर्नुपर्छ,’ विभिन्न समूहको विरोधबारे उनले बोले, ‘संविधान धार्मिक ग्रन्थ होइन, मिलाउने ठाउँ राखेकै छ ।’

केसीजस्तै संविधानसभा बैठकमा आएका सभासदहरुमा बुधबार बेग्लै खुसी थियो । संविधान विधेयकमा मतदान सुरु गरी नयाँ संविधान पारित गर्ने निर्णायक प्रक्रिया सुरु भएपछि सभासदहरुले सन्तोष मानिरहेका थिए ।

‘विश्वास नहुँदा नहुँदै प्रक्रिया सुरु भयो, चुनाव जितेभन्दा बढी खुसी छु,’ कांग्रेस सभासद् रामहरि खतिवडाले भने, ‘पहिलो संविधानसभाजस्तै संविधान नबनाई घर फर्कनुपर्ने त होइन भन्ने त्रास थियो ।’

दोस्रोपटक प्रत्यक्ष निर्वाचित एमाले सभासद् रविन्द्र अधिकारीले पनि एक्कासी प्रक्रिया सुरु भएपछि संविधानसभाको भविष्यबारे आफ्नो चिन्ता कम भएको बताए । ‘जनतासँग पटक पटक गरेका कतिपय वाचा पूरा भए, तर मुल वाचा संविधान बनाउन सकिएको थिएन,’ उनी भन्दै थिए, ‘तर, बल्तल्ल पूरा हुने भयो ।’

एमाओवादी सभासद् अमनलाल मोदी भने बढी खुसी र थोरै चिन्तित छन् । ‘०७ सालदेखिको चाहना हो संविधान बनाउने, अब पूरा हुँदैछ भन्दा खुसी नहुने कुरै भएन,’ संविधानसभा भवनमै उनले भने, ‘तर सबै माननीयहरु संविधान बनाउने ठाउँमै भएको अझै खुसी हुने थिइयो ।’

मोदीले संविधानसभाले एउटा बाटो लिएकाले असन्तुष्ट दल र समूहका मागलाई पूरा गर्ने प्रतिबद्धता जाहेर गर्नुपर्ने बताए । ‘आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, थारुलगायतका समूदायले पनि अपनत्व पाउने बाटो नयाँ संविधानले दिनुपर्छ,’ उनले भने ।

संविधानसभामा मधेसी दलका सभासद्को उपस्थिति शुन्य भएकोमा सभासद्हरुले खिन्नता प्रकट गरिरहेका थिए । उनीहरुले मधेसका कतिपय नेताको स्वार्थले निर्वाचित सभासद्हरुले संविधान निर्माणको अन्तिम अवसर गुमाउनुपरेका बताएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

एमालेका केशव बडालले नेपालमा संविधानसभाबाट संविधान बन्न नदिन इतिहासदेखि नै षड्यन्त्र भएको बताए । ‘२००७ सालमा नै संविधानसभाबाट संविधान बनाउने भन्दै स्वदेश फर्केका तत्कालिन राजा त्रिभूवनले पनि अनेक बाधाले गर्न सकेनन्,’ उनको भनाइ थियो, ‘अहिले पनि कतै रोकने होइनन् भन्ने लागेको थियो ।’

सभासद् खतिवडाले पनि सबैको सहमतिमा संविधान बनाउन चाहे पनि मधेसमा धेरैले ज्यान गुमाएकोमा खिन्नता प्रकट गरे । ‘एक थोपा रगत नबगाई संविधान जारी गर्ने मन थियो,’ मधेसमा भएको विद्रोहबारे उनले भने, ‘तर यही बीचमा धेरै नेपाली आमाका सपुतहरुले ज्यान गुमाउनुभयो ।’

सभासद् केसीले मुलुकलाई निकास दिन संघीयतालगायतका कतिपय मुद्धामा असहमति हुँदा हुँदै पनि आफ्नो पार्टीले साथ दिएको बताए । ‘दुई तिहाई मत राष्ट्रिय जनमोर्चाको भएको भए,’ उनले भने, ‘संघीयतालाई पनि उहिल्यै डाँडो कटाउँथ्यो, संविधान पनि बनाइसक्थ्यो ।’

संविधानसभाले निर्णायक प्रक्रिया सुरु गरेछि खुसी भएका स्वतन्त्र सभासद् अतहर कमाल मुसलमानले आफ्नो संशोधन प्रस्ताव नै झिकेर सहयोगी भएको बताए । ‘हुँदा हुँदा मलाई पनि ह्विप लाग्यो,’ उनलै ठट्टा गर्दै थिए, ‘शेरबहादुर (देउवा) दाइले ढिपी गरेपछि झिकिदिएँ ।’