३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

इलाम र पाँचथरका पाँच वटा सरकारी चीज कारखाना बन्द

इलाम र पाँचथरका पाँच वटा सरकारी चीज कारखाना बन्द
अ+ अ-

इलाम, २८ भदौ । इलाम र पाँचथरमा रहेका पाँच वटा सरकारीस्तरबाट सञ्चालित चीज कारखाना बन्द भएका छन् ।

कारखानाबाट उत्पादित चीज बिक्री नभएपछि कारखानानै बन्द भएका हुन् । देशमा जारी बन्द, हडतालका कारण चीजको खपत नहुँदा कारखाना संकटमा परेका हुन् ।

दुग्ध विकास संस्थान विराटनगरअन्तर्गत रहेका पाँचथरको राँके र इलामका रक्से, माइपोखरी, पशुपतिनगर र नयाँबजार चीज कारखाना बन्द भएका हुन् । चीज कारखाना बन्द हुँदा किसानलाई दैनिक लाखौँ रूपैयाँ घाटा भइरहेको छ ।

गत वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प, मधेसमा जारी आन्दोलनका कारण राजधानीलगायत ठूला सहरमा दुई सातादेखि चीज निकासी हुन सकेको छैनन् । ठूला सहरका तारे होटलमा धेरै परिमाणमा बिक्री हुने चीज अहिले निकासी ठप्प छ ।

‘अहिले चीज खपत नभएर कारखानामा राख्ने ठाउँसमेत छैन, अर्काेतिर ढुवानी गर्न सकिएको छैन’ पशुपतिनगर चीज उत्पादन केन्द्रका प्रमुख सोमराज चापागाइँले भने–‘देशमा शान्ति स्थापना नहुञ्जेल चीजको बजार सुध्रिने देखिँदैन ।’ बन्द भएका चीज कारखाना कहिले खुल्ने भन्ने कुनै टुंगो नभएको कारखानाले जनाएको छ ।

सरकारी स्वामित्वमा रहेका यी चीज केन्द्रबाहेक जिल्लामा निजीस्तरबाट पनि एक दर्जनभन्दा बढी चीज कारखाना स्थापना भएका छन् । सरकारी स्वामित्वमा रहेका कारखानामा चीज बिक्री नहुँदा ३० हजार किलोग्राम तयारी चीज नष्ट हुने अवस्थामा पुगेको चापागाइँले बताए ।

यतिबेला प्रशस्त पर्यटक आउने सिजन भए पनि विनाशकारी भूकम्प, बन्द, हडतालको कारण पर्यटक नआएर होटल व्यवसाय फस्टाउन नसक्दा चीज बिक्री हुन नसकेको कारखानाले जनाएका छन् ।

देशकै ठूलो चीज उत्पादन केन्द्रको रूपमा स्थापित पशुपतिनगर चीज कारखानामा यसअघि दैनिक दुई हजार ७०० लिटर दूधबाट चीज उत्पादन गरिँदै आएको थियो ।

रक्से, माइपोखरी, नयाँबजार, राँके चीज कारखानामा दैनिक ८०० देखि एक हजार किलोसम्म चीज उत्पादन हुँदै आएको थियो । चीज कारखानाका अतिरिक्त संस्थानअन्तर्गत रहेका दुग्ध चिस्यान केन्द्रले समेत हप्ताको तीन दिन मिल्क होलिडे गर्न थालेका छन् ।

दुग्ध विकास संस्थानले दूध खरिद नगरेपछि चिस्यान केन्द्र पनि बन्द गर्नुपरेको विब्ल्याँटे दुग्ध चिस्यान केन्द्रका कर्मचारी ओमप्रकाश खरेलले बताए ।