• १८ असार २०७९, शनिबार
  •      Sat Jul 2 2022
Logo
Latest
★   निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गठबन्धन सरकारको पहिलो प्राथमिकतामाः प्रधानमन्त्री देउवा ★   स्वतन्त्र उम्मेदवारहरु पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा ★   स्वास्थ्य मन्त्रालयद्वारा पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन ★   प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण ★   सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता ★   गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छः उद्योगमन्त्री बडू ★   गाईघाटका पसल डुबानमा ★   बेनी–जोमसोम सडक अवरुद्ध ★   ब्यस्त शहरमा मस्त गोधुली साँझ (फोटोफिचर) ★   बाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे राजीनामा दिन तयार

नवलपरासीमा निषेधाज्ञाको समय भदौ ३१ सम्मलाई थप



नवलपरासी, भदौ २८ । नवलपरासीमा स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा (निषेधित क्षेत्र)को समयावधि यही भदौ ३१ गते राति १० बजेसम्मका लागि थप गरेको छ ।

यसअगावैको समय सकिएपछि आजबाट निषेधाज्ञाको समय भदौ ३१ गते राति १० बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

यस पटकको समय अवधि थप भएसँगै पाँचौँपटक निषेधाज्ञाको समय बढाइएको हो । प्रशासनले नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकसम्मको पूर्वपश्चिम राजमार्ग र दायाँबायाँ ५०० मिटर, परासीको मुख्य बजारदेखि सुनवल सडकसहित दायाँबायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गर्दै आएको छ ।

स्थानीय प्रशासनले पहिलोपटक भदौ १३ गतेसम्म र दोस्रोपटक भदौ १६ गते, तेस्रोपटक भदौ १६ सम्म, चौथोपटक भदौ २७ गते र पाँचौँपटक भदौ ३१ गतेसम्मलाई निषेधित क्षेत्रका समय अवधि थप गरेको छ ।

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण एक महिनादेखि जिल्लाको सदरमुकाम परासीसहित दक्षिण क्षेत्रमा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था, वित्तीय संस्था बन्द हुँदै आएका छन् ।