• १२ मंसिर २०७९, सोमबार
  •      Mon Nov 28 2022
Logo
Latest
★   स्याउको बिरुवामै भ्रष्टाचार ! ★   एकदिने मेलाबाट पाँच हजारलाई रोजगारी ★   थापाथली घटनाका दोषीको नाम किटान गरी कारवाहीका लागि महानगरबाट प्रहरीमा उजुरी ★   सुनसरी-४ मा रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन ★   सीताराम विवाह पञ्चमी: स्वयंवर सम्पन्न ★   सुदूरपश्चिम प्रदेशको लगातार चौथो जित ★   सुनसरी ४ को अवरुद्ध मतगणना सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी ★   ४ हजार सात सय बढीले भगबती चौधरीको अग्रता ★   जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँः उपाध्यक्ष नेम्वाङ ★   हतियारसहितका प्रर्दशनकारीलाई नियन्त्रणमा नलिई हामी फर्किदैनौँः एसपी पाण्डे

जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट फर्कन्छौँ : सेना



काठमाडौँ,  भदौ २९। नेपाली सेनाले आफू सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनीय ढङ्गले काम गर्दै आएको र जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट ब्यारेक फर्कने जनाएको छ ।
स्थानीय प्रशासन ऐनअनुसार स्थानीय प्रशासनले जिम्मेवारी क्षेत्रभित्र शान्ति सुव्यवस्था कायम गर्न दङ्गाग्रस्त क्षेत्र घोषणा गरी शान्तिसुरक्षा र अमनचयन कायम गर्न सेनाको सहयोग लिन सक्ने व्यवस्था भएबमोजिम केही स्थानमा नेपाली सेना खटिएको सेनाले जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले सो प्रावधानअनुसार स्थानीय प्रशासनलाई सहयोग गर्न खटिएको सेनालाई ‘परिचालन भएको’ भन्ने अर्थमा नलिन र नबुभ्mन अनुरोध गरेको छ ।

संविधान एवम् प्रचलित ऐननियमका प्रावधानअनुरुप सरकारको मातहतमा रही प्राप्त जिम्मेवारीलाई संयमित, सुझबुझपूर्ण एवम् समन्वयात्मक ढङ्गले गर्दै आएकामा दङ्गाग्रस्त क्षेत्रमा पनि सेनाले नागरिकको जिउधन, सार्वजनिक एवम् सरकारी सम्पत्तिको सुरक्षा गरिरहेको जनाइएको छ । रासस