४ पुष २०८२, शुक्रबार
,
Latest
डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुमीमा मिसाइल आक्रमणमा १० जनाको मृत्यु, हालसम्म १२ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी



अ+ अ-

एजेन्सी । रुस र युक्रेनबीचको युद्धको आज १३ औं दिन रहेको छ । रुसी सेनाले लगातार युक्रेनका विभिन्न सहरलाई निशाना बनाएको छ । 

यसै क्रममा सुमी सहरको आवासीय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो, जसमा दुई बालबालिकासहित १० जनाको मृत्यु भएको बताइएको छ । 

यसैबीच, युक्रेनले रुसको आक्रमणमा हालसम्म २०३ विद्यालय र ३४ अस्पताल ध्वस्त भएको दाबी गरेको छ । यसबाहेक १२ हजारभन्दा बढी रुसी सैनिकको पनि ज्यान गएको उसले दाबी गरेको छ ।  ३०३ रुसी ट्याङ्क र ४८ लडाकु विमान पनि ध्वस्त भएको दाबी युक्रेनले गरेको छ । 

मिडिया रिपोर्टका अनुसार रुसले युक्रेनको राजधानी किभ कब्जा गर्न कमाण्डो अपरेशनको तयारी गरिरहेको छ । दुई देशबीच युद्धविरामका लागि तेस्रो चरणको वार्ता भएको थियो, जुन निष्कर्षविहीन रह्यो । सोमबार बेलारुसमा भएको वार्तामा युक्रेनमा युद्धका बेला मानिसलाई बाहिर निकाल्न मानवीय करिडोर निर्माण गर्ने सहमति बन्न सकेको थिएन । 

रुसी बमबारीका कारण मानिसहरु आफ्नो ज्यान बचाउन युक्रेन छाडिरहेका छन् । जसमा बालबालिका, वृद्धदेखि बिरामी रहेका छन् ।