२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभाको बैठक प्रतिपक्षद्वारा बहिष्कार



अ+ अ-

धनगढी, १७ असोज (रासस) : सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको आज बसेको बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले बहिष्कार गरेको छ ।

बैठक प्रारम्भ हुनासाथ आ–आफ्नो स्थानमा उठेर काङ्ग्रेसका सदस्यहरुले विरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बोल्ने समय दिनुभयो ।

प्रतिपक्षी काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले असोज १२ गतेको प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानी रहने स्थान र नामाङ्कनको प्रस्ताव पारित गर्दा संसदीय विधि र प्रक्रिया मिचिएको जिकिरसहित काङ्ग्रेसका सदस्यहरु बैठक कक्षबाट बाहिरिने बताउनुभएको थियो ।

सरकारका तर्फबाट सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले स्थायी राजधानी तोकिएको ठाउँमा पर्यावरणको समस्या निम्तिने भन्दै राजधानीको विषयलाई मुद्दा बनाएर बैठक बहिष्कार गर्नु उचित नभएको बताउनुभयो ।

आजको बैठकको विशेष समयमा बोल्ने सत्तापक्षका सदस्यले स्थायी राजधानीको विषयमा प्रदेशसभाले पारित गरेको निर्णयमा प्रतिपक्षीले देखिएको व्यवहार लोकतन्त्र विपरीत भएको र पत्रपत्रिकामा आएका समाचार भ्रमपूर्ण भएको भनी विरोध गरेका थिए ।

बैठकमा सभामुख थापाले प्रदेशसभाका विभिन्न समितिका सभापतिको निर्वाचन यही असोज २२ गते हुने कार्यतालिका रहेको जानकारी दिनुभयो । प्रदेशसभामा अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समिति गरी चार वटा समिति रहेका छन् ।

यसअघि गत जेठ १३, २१ र ३१ गते तीन पटक समितिका सभापतिको निर्वाचनको मिति तोकिएकामा दलको आग्रहमा त्यति बेला निर्वाचनको कार्यक्रम स्थगित गरिएको थियो । आजको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी काङ्ग्रेसले बहिष्कार गरे पनि अर्को प्रतिपक्षी दल राजपाले प्रदेशसभा बैठक धेरै दिन अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बैठकमा सहभागिता जनाएको थियो ।

प्रदेशसभाको अर्को बैठक असोज १८ गते बिहीबार दिउँसो २ बजे बस्नेछ ।