२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा साउनयता सात गैँडा मरे



अ+ अ-

चितवन, ८ कात्तिक (रासस) चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी भएर मरेको हो ।

चोरी शिकारीबाट गैँडा मर्न पाएका छैनन् । ढकालका अनुसार गत वर्षको यही समयमा १२ गैँडा कालगतिले मरेका थिए । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गत वर्ष यो समयमा बाढीले चार गैँडा मरेका थिए । बाढीले बगाएर भारत पु¥याएका नौ गैँडा उद्धार गरी ल्याइएको थियो । नेपालकै सीमा क्षेत्रबाट बाढीले बगाएको एउटा गैँडा उद्धार गरिएको थियो ।

गैँडाको सङ्ख्या बढ्दै गएपछि कालगतिका कारण मर्ने सङ्ख्या पनि बढ्दै गएको अर्यालले बताउनुभयो । गत आर्थिक वर्षमा कालगतिले २६ गैँडा मरेका थिए । यो सङ्ख्या हालसम्मकै उच्च हो । कालगतिका कारण मर्ने सङ्ख्या बढ्दै गएपछि निकुञ्ज विभागले अध्ययनसमेत थालेको छ । सन् २०१५ को गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् ।