१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

नेपाल–चीन सांस्कृतिक सम्मेलन शुरु

नेपाल–चीन सांस्कृतिक सम्मेलन शुरु
अ अ+ अ-

 

काठमाडौँ, १३ कात्तिक (रासस) नेपाल–चीन सांस्कृतिक सहयोगअन्तर्गत अनुवाद र प्रकाशनसम्बन्धी दुईदिने सम्मेलन यहाँ शुरु भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वैदिक ज्ञान र सभ्यताको उद्गमस्थल नेपालले चार हजार वर्ष पुरानो इतिहास बोकेको चीनले गरेको विकासबाट पाठ सिक्न सक्ने बताउनुभयो ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पाँचौँ शताब्दीमा चिनियाँद्वय फाहियान र हुयन साङ बौद्ध दर्शनको अध्ययनका लागि भारतको बाटो हुँदै नेपालको लुम्बिनीलगायत क्षेत्रको भ्रमणमा आएपछि दुई देशबीच सम्बन्ध शुरु भएको र छैटौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीले चिनियाँ राजकुमार स्रङचङ गम्पोसँग विवाह गरेपछि सम्बन्ध अझ प्रगाढ भएको बताउनुभयो ।
“त्यसैबेला नेपाली बौद्ध दर्शनविद् बुद्धभद्रले चीनमा गएर संस्कृतका ग्रन्थ चिनियाँ भाषामा अनुवाद गरेपछि बौद्धधर्मको प्रभाव बढ्यो, १३ औँ शताब्दीमा कलाकार अरनिकोले चीन गएर बनाउनुभएको चैत्यले पनि दुई देशबीचको सांस्कृतिक सम्बन्ध विकासमा सहयोग गरेको थियो ।”
सांस्कृतिक क्रान्तिका बेला प्राचीन गुम्बा, मस्जिद, चर्चजस्ता संरचना भत्काउँदा पनि नेपालसँगको सम्बन्धकै कारण अरनिकोले बनाएको चैत्य नभत्काइएको उहाँले सुनाउनुभयो । अरनिकोले बनाएको चैत्य अहिले पनि चीनमा धेरै पर्यटक पुग्ने गन्तव्यमध्ये पर्छ ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव जगतप्रसाद उपाध्याय, चीनका लागि पूर्वनेपाली राजदूतद्वय सुन्दरनाथ भट्टराई र महेश मास्के, चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगका निर्देशक हुङ झुओ युईलगायतले सांस्कृतिक सम्बन्ध विस्तारमा सम्मेलन कोशेढुँगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
बुधबारसम्म चल्ने सम्मेलनमा अनुवादको अवस्थाका बारेमा नेपालका अनुवादक महेश पौडेल र चिनियाँविज्ञ जु बाओफेङ तथा प्रकाशन अवस्थाका बारेमा चिनियाँ विज्ञ हुआङ झुओयुई गुओ वेई र चेन मिङ एवं नेपालका लिखत पाण्डेले प्रकाशन अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने प्रतिष्ठानका सदस्य सचिव उपाध्यायले बताउनुभयो ।
कार्यपत्रका बारेमा छलफल गरिने छ । सम्मेलनमा दुवै देशका गरी ५० भन्दा बढी विज्ञको सहभागिता रहेको छ । गत वर्ष चीनमा गरिएको सम्मेलनलाई निरन्तरता दिन नेपालमा कार्यक्रम गरिएको बताइएको छ ।
‘उ रनपाओ’ नेपालीमा
सो अवसरमा चीनका सर्वाधिक ख्यातिप्राप्त किसानका बारेमा लेखिएको पुस्तक ‘उ रनपाओ’ को नेपाली अनुवादको विमोचन गरिएको थियो । ख्व चियानमिङले लेखेको पुस्तकको नेपाली अनुवाद डा झमकप्रसाद शर्माले गर्नुभएको हो ।
मकालु प्रकाशनगृहले बजारमा ल्याएको पुस्तकको यसअघि नै इमोगेन पेज जर्रेटले अंग्रेजीमा अनुवाद गर्नुभएको थियो । एक वर्षअघि चीनमा पुस्तक प्रदर्शनी एवं सांस्कृतिक सम्मेलनमा जाँदा ल्याइएका पुस्तकमध्येबाट अनुवाद गरी प्रकाशन गरिएका प्रकाशनगृहका प्रबन्ध निर्देशक वासुदेव ढकालले सुनाउनुभयो ।
रनपाओले चीनको सबैभन्दा विपन्न गाउँलाई वैभवशाली बनाउन खेलेको भूमिकाका बारेमा पुस्तकमा चर्चा गरिएको जनाइएको छ । रनपाओले सन् १९६१ मा शुरु गरेको गाउँ समृद्ध बनाउने अभियान सन् १९८० मा सम्पन्न भएको थियो । नेपालका विपन्न गाउँलाई समृद्ध बनाउन पुस्तकले उत्पे्ररणा दिने विश्वास गरिएको छ । सो पुस्तक चीनमा सर्वाधिक बिक्री भएको पुस्तकमध्येमा पर्ने जनाइएको छ ।