२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो पनि डीएनए परीक्षण गर



अ+ अ-

काठमाडौं–कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि हत्या भएको आज १०१ दिन पुगेको छ । तर प्रहरीले बलात्कार र हत्यामा संलग्नहरुलाई पहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
घटना भएको १०१ दिन बितिसक्दा पनि सरकारले दोषीको पहिचान गरी कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै ‘निर्मलाको लागि न्याय अभियान’ ले शनिबार राजधानीको बानेश्वरमा सरकारलाई व्यङ्ग्य स्वरुप एक विरोध कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा भेला भएका अभियानकर्मीहरुले प्रहरीले आरोपी पत्ता लगाउन भन्दै मनपरी रुपमा डीनएनए परीक्षणका लागि रगत संकलन गरेको भन्दै असन्तुष्टि जनाए ।

उनीहरुले बास्तविक अपराधीलाई जोगाउन जथाभावी रुपमा डीएनएको नाटक मञ्चन भएको आरोप लगाउँदै राज्यलाई व्यङ्ग्य स्वरुप डीएनएका लागि सडकमै नमुना संकलन पनि गराए ।
अभियानमा सहभागि अधिकारकर्मी अमृता लम्साले डीएनएको नाममा राज्य र प्रहरी संयन्त्रले भ्रमको खेती गरिरहेको आरोप लगाइन् ।

 

उनले भनिन्, ‘राज्य र प्रहरीले आफू बच्नका लागि दिन प्रतिदिन झुटका बहाना गदै निर्मला हत्याको च्याप्टर बन्द गर्न खोजिरहेको छ ।’
उनले यसैका लागि प्रहरीले स्थानीय व्यक्तिहरु भन्दा पनि घटनासँग सम्बन्ध नै नभएका बाहिरका मानिसलाई कब्जामा लिएर डीएनए टेस्टको बहानामा बास्तविक अपराधीलाई उम्कने प्रयास गरिरहेको दाबी गरिन् ।

 

साउन १० मा भएको निर्मलाको हत्यापछि स्थानीयले निरन्तर बलात्कारीलाई कारबाहीको माग गर्दै आन्दोलन गरिरहेको भएपनि बास्तविकता बाहिर आउन सकेको छैन ।
यो प्रकरणमा तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट  र इन्सपेक्टर जगदीश भट्ट बर्खास्तीमा परिसकेको भएपनि दोषीचाहिँ पक्राउ पर्न नसकेका हुन् । निर्मलाका लागि न्याय अभियानले हत्यामा ‘भीआईपी मान्छे’कै संलग्नता रहेको हुन सक्ने दाबी गर्दै आएका छन् ।