२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा नीति परिवर्तन आवश्यक– अध्यक्ष दाहाल



अ+ अ-

म्याग्दी, २८ कात्तिक (रासस) – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख गर्नुभयो ।

शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्व भएको बताउँदै अध्यक्ष दाहालले शैक्षिक क्षेत्रका समग्र समस्या समाधानका लागि सरकारले नयाँ नीति ल्याउने तयारी गरेको जानकारी दिनुभयो । प्रतिभा पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने, स्वरोजगार बन्ने, देश विकासका लागि योग्य र दक्ष जनशक्ति तयार पार्न मद्दत पुग्ने शिक्षा नीति बनाइने अध्यक्ष दाहालको प्रतिबद्धता थियो ।

“तीन दिन म्याग्दीमा बस्दा विदेश पलायन हुने यहाँको प्रमुख समस्या रहेको पाएँ” अध्यक्ष दाहालले भन्नुभयो, “यहाँको प्राकृतिक स्रोत साधनलाई परिचालन गर्ने नीति बनाएर यहीँ स्वरोजगार बन्ने नीति बनाउनतर्फ हाम्रो ध्यान जानेछ ।”

उहाँले दर्जनौँ स्थानमा प्राकृतिक तातोपानीका मुहान रहेको म्याग्दीलाई स्वास्थ्य पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो । बेनी बजार संरक्षण र बेनी–दरवाङ–ढोरपाटन सडक स्तरोन्नति योजनालाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले म्याग्दी बहुमुखी क्याम्पसको गतिविधि समेटिएको पुस्तकको विमोचन गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी र प्रमुख टीकाराम सापकोटाले समुदायद्वारा सञ्चालित म्याग्दी क्याम्पसको इतिहास, वर्तमान अवस्था र भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।