१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय परिचयपत्र वितरण आजदेखि



अ+ अ-

काठमाडाैं, ३ मंसिरः  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले  ‘सेक्युरिटी चिप्स’ सहितको राष्ट्रिय परिचयपत्र वितरणको थालनी आजदेखि गर्न लागिएको जनाएको छ।

बहुउपयोगी भनिएको राष्ट्रिय परिचयपत्र प्रयोगमा आएसँगै नागरिकता, मतदाता परिचय लगायत नागरिकको परिचय खुलाउने कैयौँ परिचयपत्र बोक्नुपर्ने झन्झटको पनि अन्त्य हुने अधिकारीहरूको विश्वास छ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र व्यक्तिगत विवरण हुने अधिकारीहरूले बताएका छन्।

साइबर सुरक्षासम्बन्धी जानकारहरूले नागरिकका महत्त्वपूर्ण व्यक्तिगत विवरण सुरक्षित राख्नेबारे सरकार विशेष चनाखो हुनुपर्ने बताएका छन्।

त्यसबाहेक प्रयोगकर्ताले राष्ट्रिय परिचयपत्रमा भएका व्यक्तिगत विवरण जोकोहीलाई दिन नहुने विज्ञहरूको सुझाव छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सिंहदरबारमा कार्यरत कर्मचारीहरूका र पाँचथरका मानिसहरूका गरी करिब ५२ हजार जनाको व्यक्तिगत विवरणहरू सङ्कलन गरिसकिएको जनाएको छ।

विभागका महानिर्देशक दीपक काफ्लेले गृहमन्त्री रामबहादुर थापाले याे कार्यक्रमकाे सुरूअात गर्नुहुने बताउनुभयाे ।