१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली



अ+ अ-

काठमाण्डौं । यही मंसिर १४ देखि १७ गतेसम्म नेपालमा अायाेजना हुन लागेकाे एशिया प्यासिफिक सम्मेलनकाे अवधिमा काठमाडाैं उपत्यकाकाे सवारी साधन व्यवस्थित तुल्याउन जाेर बिजाेर प्रणाली लागू गर्न लागेकाे प्रहरीले जनाएकाे छ ।

सो कार्यक्रममा विभिन्न देशका अतिविशिष्ट व्यक्तिहरु सहभागी हुने भएकोले मंसिर १३ गतेदेखि १६ गतेसम्म काठमाण्डौ उपत्यकामा जोर बिजोर प्रणाली लागु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

गृहमन्त्रालयको निर्देशन अनुसार १३ र १५ गते बिजोर तथा १४ र १६ गते काठमाण्डौमा जोर नम्बरका गाडी मात्र चल्न पाउने महाशाखाद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु नहुन सूचनामा उल्लेख छ ।