१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज जाेशीकाे नाम फेरि सिफारिस, लज्जाबाेध हुनुपर्ने हाे – याेगेश भट्टराई



अ+ अ-

काठमाडौँ, ११ मङ्सिर: न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वाेच्च अदालतका दुई न्यायाधीशको नाम वरिष्ठताका आधारमा संवैधानिक परिषद्मा पठाएको छ ।

न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम संवैधानिक परिषदमा पठाएको परिषद्का सचिव नृपध्वज निरौलाले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्को बैठक बसी न्यायाधीश जोशी र जबराको नाम संसदीय सुनुवाइ समितिमा पठाएपछि सो समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुसमा उमेर हदका कारण अवकाश लिँदै हुनुहुन्छ ।

प्रधानन्यायाधीशको अवकाश हुने भएपछि भावी प्रधानन्यायाधीशका लागि जोशी र जबराको नाम परिषद्ले पठाएको हो । न्यायाधीश जोशीलाई यसअघि नै संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरी प्रधानन्यायाधीशका लागि नाम अनुमोदन गरेको थिएन ।

यसैबीच, नेकपाका युवानेता याेगेश भट्टराइले ट्वीट गर्दै न्यायपरिषदकाे सिफारिस अापत्तिजनक रहेकाे बताउनुभएकाे छ । उहाँले भन्नुभएकाे छः

न्यायपरिसद्लाई सम्सदको सुनुवाई समितिको निर्णय थाहा भएन कि ? थाहा पाउन चाहेन ? लज्जाबोध हुनुपर्ने हो ।