१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकी र हुन सेन नेपाल अाउने



अ+ अ-

काठमाडौं, १२ मंसिर । म्यान्मारकी स्टेट काउन्सिलर तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपालकाे अाैपचारिक भ्रमणका लागि यही बिहीबार नेपाल अाउनु हुनेभएकाे छ ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै नेता प्रधानमन्त्री केपी शर्मा अाेलीकाे मैत्रीपूर्ण निमन्त्रणामा नेपाल अाउन लाग्नु भएकाे हाे । उहाँहरूकाे भ्रमण दुइ दिनकाे हाे ।

कम्बाेडियाका प्रधानमन्त्रीले नेपालकाे भ्रमण गरेकाे याे नै पहिलाे अवसर हुनेछ ।

दुई दिने सद्भावना भ्रमणका लागि आउन लाग्नुभएका उहाँहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु हुनेछ ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेपछि सुकी र सेन शुक्रबार नै आआफ्ना देश फर्कनु हुनेछ ।

यद्यपी दुवै नेताकाे भ्रमणकाे विस्तृत विवरण दिइएकाे छैन ।