१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाध्यक्ष बुढाको निधन



अ+ अ-

घोराही, १३ मङ्सिर (रासस) – घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उहाँको आज बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि जण्डिसले थलिनुभएका बुढाको काठमाडाँै, भारतको दिल्ली र बैङ्लोरका अस्पतालमा उपचार गरी केही समय अगाडि घर फर्कनुभएको थियो । तत्कालीन नेकपा एमालेका तर्फबाट स्थानीय निकायको चुनावमा निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले विजयी हुनुभएका बुढाले आफ्नो वडामा लोकप्रिय कामसमेत गरिरहनुभएको थियो ।