१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आङ सान सु की काठमाडौँमा



अ+ अ-

काठमाडौँ, १३ मङ्सिर – एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की आजबिहान काठमाडौँ आइपुग्नुभएको छ ।

नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उहाँलाई सलामी दिएको थियो । आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ । (रासस)