६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४० क्षेत्रको परिणाम आयो, देउवा पक्षको स्पष्ट अग्रता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही मंसिर ७ गतेबाट भएको सुरु भएको निर्वाचन क्षेत्रअन्तर्गतको निर्वाचनबाट देशभरका १४० क्षेत्रको परिणाम आएको छ । यसबाट तीन हजार ६०० भन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

महाधिवेशन सुरु हुन दुई साता बाँकी रहँदा यो अधिवेशनमा हुने मुख्य नेतृत्वका लागि पनि रस्साकस्सी सुरु भएको पाइएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १ सय ४० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिनुभएको छ ।

कांग्रेसको विधानअनुसार, हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ । अहिलेसम्म आएको परिणाममा संस्थापन पक्ष अघि देखिएको छ । हरेक जिल्लामा संस्थापन अर्थात् देउवा पक्षले अग्रता लिएको परिणाममा देखिएको छ । अहिलेसम्म परिणाम आएका जिल्लाहरुका क्षेत्रीय सभापतिमा देउवा पक्ष हावी भएको देखिएको छ । 

कतिपय जिल्लाहरुबाट अहिले पनि परिणामहरु आइरहेका छन् । तीमध्ये अधिकांशमा संस्थापन पक्षले अग्रता लिएका छन् भने मुलुकको पूर्वी क्षेत्रमा पनि देउवा र साथसाथै कृष्ण सिटौलाको निकटका प्रतिनिधिहरु आइरहेका छन् । ती स्थानमा आएका जिल्ला सभापति, क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिहरुमा देउवा पक्षका उम्मेदबारहरुले भारी मतान्तरले निर्वाचन जितीरहेका छन् । 

उता पौडेल पक्षबाट जितेका क्षेत्रीय तथा जिल्ला सभापतिहरुले भने झिनो मतको फरकले जितेका छन् । बागलुङमा पौडेल पक्षका चण्डीप्रसाद पौडेलले संस्थापन पक्षका अध्यक्षलाई चार मतले मात्र पछि पारेर निर्वाचन जितेका थिए । यसरी पौडेल पक्षले जितेका कैयौँ जिल्ला र क्षेत्रहरुमा १० भन्दा कम मत अन्तर देखिएको छ ।