४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

राजपाले सरकारको समर्थन फिर्ता लिने, ओली यादव भनाभन – सरकारमा आयो नयाँ हलचल

राजपाले सरकारको समर्थन फिर्ता लिने, ओली यादव भनाभन – सरकारमा आयो नयाँ हलचल
अ+ अ-

काठमाडौँ — राजपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेपछि सरकारमा नयाँ हलचल पैदा भएको छ । राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी हिजो नै दिएका थिए । सोही अनुसारको तयारीमा राजपा लागेपछि सरकारमा नयाँ तहल्का सुरु भएको बताइएको छ । यसका लागि राजपाका नेताहरु बुधबार अनौपचारिक छलफलमा बस्ने भएका छन् । त्यसपछि औपचारिक बैठक गरी आगामी शनिबारसम्ममा औपचारिक धारणा सार्वजनिक गरिने राजपाको समाचार स्रोतले जनाएको छ । हिजो नेता कर्णले भनेका थिए– ‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’ साथै उनले चार दिनपछि नै लगत्तै समर्थन फिर्ता लिइने जानकारी पनि गराएका थिए । राजपा स्रोतका अनुसार त्यसको तयारीमा राजपा जुटिसकेको छ । यतिखेर राजपाको अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर भारत जानुभएको छ । उहाँ आगामी शुक्रबारसम्म नेपाल आइपुग्ने र शनिबार बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको बताइएको छ ।
नेता कर्णले संविधान संशोधन र आन्दोलनका बेला नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउन सरकारलाई समर्थन दिएको भए पनि अहिलेसम्म सरकारले कुनै छलफल नगरेकोले समर्थन कायम राख्नुपर्ने औचित्य सकिएको बताए । उनले सरकारमा जान वर्तमान सरकारलाई समर्थन नगरेको पनि स्पष्ट पारे । केपी ओली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको पनि आरोप लगाए । ‘स्थानीय सरकारमा अहिले विकास रकम चरम दुरुपयोग भएको छ । यो सरकारले राम्रो काम केही पनि गर्न सकेको छैन’ उनले भने ।
उता काठमडौँमा यसै हप्ता आयोजित एसिया प्यापसिफिक समिटका कारण सरकारको एक घटक मधेशी जनाधिकार फोरमका नेता तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र प्रधानमन्त्री ओलीबीच भनाभन भएको छ । सो सम्मेलनको बारेमा ओलीले मन्त्रिपरिषदलाई कुनै पनि कुरा सेयर नगरेको र एक्लैले सरकारी सहभागिताको निर्णय गरेको भन्दै यादवले प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका थिए । गत सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकमा यस्तो भनाभन भएको थियो । त्यसपछि यादावले केही अस्पतालहरुको क्षमता अभिबृद्धिका लागि शैया बढाउने भनी मन्त्रिपरिषदमा लगेको प्रस्ताव पनि पछि गरौँला भनेर फिर्ता लिन लगाएका र यसका कारण यादव झनै रिसाएको स्वास्थ्यमन्त्रायल स्रोतले जानकारी दिएको छ । यसरी अहिले दुई तिहाइको सरकार भन्ने गरेको वर्तमान सरकारबाट राजपाको समर्थन फिर्ता लिएसँगै फोरमले पनि यसबारेमा सोच्ने स्रोतले बताएको छ । स्रोतले ढिलो चाँडो सरकारबाट यादव पनि बाहिरिन सक्ने जनाएको छ ।