४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

अदालतको आडमा मेडिकल कलेजले डिग्री किनबेच गर्दैछन् – डा केसी

अदालतको आडमा मेडिकल कलेजले डिग्री किनबेच गर्दैछन् – डा केसी
अ+ अ-


नागरिक अभियन्ता डा. गोविन्द केसीले मेडिकल क्षेत्रका माफियाहरुले अदालतको आडमा मेडिकल कलेजबाट डिग्री किनबेच गरिरहेको आरोप लगाएका छन् । उनले बुधबार विज्ञप्ति प्रकाशन गरेर भनेका छन्– मेडिकल क्षेत्रका माफियाहरुले सञ्चालन गरिरहेका यी कलेजहरुले गुणस्तरीय शिक्षा दिने होइन कि डिग्री किनबेच गर्ने थलो मात्रै बनाएको आरोप लगाएका छन् । ती कलेजहरुले नियमविपरीत विद्यार्थी भर्ना लिएका स्पष्टै देखिएको भए पनि अदालतले उन्मुक्ति दिएको अरोप लगाएका छन् । यो थाहा हुदाहुदै पनि अदालतले उनीहरुलाई उन्मुक्ति दिँदा दण्डहीनता बढेको उनको ठहर छ ।

डा.केसीले न्यायालयको दलीयकरणको यो परिणाम हो भनेका छन् । यसरी न्यायालयमा नै दलीय भागबण्डा भइरहेकोले राज्यका विभिन्न अंगहरुबीच सन्तुलन हुनुको सट्टा मिलेमतो र पारस्परिक दण्डहीनता नै सुशासनको सबैभन्दा ठूलो बाधक रहेको डा. केसीको भनाइ छ ।
डा. केसीले विज्ञप्तिमा भनेका छन् ‘मेडिकल माफियाहरुले सम्बन्धित नियमनकारी नियामक निकायको नियम विपरीत भर्ना गरेकोमा उनीहरु दण्डित हुनुपर्ने हो । न्यायको आधारभुत सिद्धान्त नै दोषी दण्डित हुने भन्ने हो । तर नेपालको मेडिकल शिक्षामा धेरै वर्षदेखि माफिया–न्यायालय साँठगाँठमार्फत दोषी पुरस्कृत हुने र नियमनकारी निकाय दण्डित र निष्प्रभावी हुने अवस्था छ जसले गर्दा अदालतका आडमा माफियाहरुले मेडिकल कलेजलाई डिग्री किनबेच गर्ने थलो मात्रै बनाएका छन् ।’

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले गत वर्ष प्रवेश परीक्षा उत्तीर्ण नगर्ने विद्यार्थीहरुलाई नियमविपरीत भर्ना गरेको र त्यसविरुद्धको मुद्दा यही मंसिर ३ गते उच्च अदालत जनकपुरले सदर गरिदिएको भन्दै डा. केसीले असन्तुष्टि जनाएका छन् । सो फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै डा. केसीले भनेका छन्, ‘नियामक निकायले अनुमति नै नदिएका सिटमा विद्यार्थी भर्ना गर्ने, भर्ना बदर भएपछि नियामक निकायविरुद्ध अदालत जाने, अदालतले जानाजान अवैध रुपमा भर्ना भएका विद्यार्थीमाथि हुने ‘अपुरणीय क्षति’का नाममा कलेजको पक्षमा अन्तरिम आदेश दिने, अनि त्यही अन्तरिमलाई टेकेर अन्तिम फैसलाले माफियाहरुलाई जिताउने, यो दुश्चक्रमा बारम्बार पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली केन्द्रमा हुन्थे ।

न्यायालयमा भ्रष्टाचार पराजुलीको पालामा जस्तै 

साथै डा. केसीले सो विज्ञप्तिमा पराजुली पदमुक्त भए पनि न्यायालयमा भ्रष्टाचारको प्रवृत्ति कायमै रहेको कुरा पछिल्लो फैसलाले पुष्टि गरेको बताएका छन् । पराजुलीको कार्यकालमा देशको सर्वोच्च न्यायालयमा जसरी चरम् भ्रष्टाचार र दण्डहीनता संस्थागत भएको र अहिलेका प्रधान न्यायधीश ओमप्रकाश मिश्रको पालामा पनि त्यो कायम रहेको डा. केसीको निष्कर्ष छ । साथै सो विज्ञप्तिमा डा.केसीले यस्ता कदमविरुद्ध लड्नु नागरिकको कर्तव्य हुने स्मरण पनि गराएका छन् ।