१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमन्त्री खनाल र अमेरिकी राजदुतबीच भेटवार्ता



अ+ अ-

२० मंसिर, काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवसँग नेपालका लागि अमेरिकी राजदुत राण्डी डब्लु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ ।

भेटमा मन्त्री खनालले कृषि क्षेत्रमा असिमित आवश्यकता भएपनि आफूहरु सबै आवश्यकताको कुरा नगरी दुई पक्षबीच हुन सक्ने महत्वपूर्ण समझ्दारीका विषयमा छलफल गर्न सकिने बताए । अहिलेलाई नेपालका लागि कृषि पूर्वाधार र यान्त्रीकीकरणका केही विषयमा समझदारी हुन सक्ने मन्त्री खनालको भनाई छ ।

नेपालको ठूलो जनसंख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रीकिकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेकाले त्यो जनशक्तिलाई व्यवशायीक कृषिमा जोड्नु अहिलेको नेपालको आवश्यकता रहेको खनालले बताए ।

नेपालमा हरेक बस्तु उत्पादन हुन सक्ने हावापानी भएकाले त्यो युवा जनशक्तिलाई व्यवशायीक कृषिमा जोड्न सकेमा नेपाल कृषिमा आत्मनिर्भर हुने मन्त्री खनालको भनाई छ । जवाफमा राजदुत बेरीले नेपाल र अमेरिकाबीच लामो सम्बन्ध रहेको भन्दै कृषि क्षेत्रमा आफ्नो देश सहयोग गर्न तयार रहेको बताए । त्यसका लागि नेपालले प्राथमिकता निर्धारण गर्नु पर्ने उनको भनाई थियो ।

नेपालसँग सहकार्य हुन सक्ने विषयमा थप छलफल गरी अघि बढ्नु पर्ने बेरीले बताए । नेपालमा चालुरहेका अमेरिकी सहयोगका परियोजनाहरुको संयुक्त टोली बनाएर अनुगमन गर्न पनि सकिने राजदुत बेरीले बताए ।