३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

संरक्षण कृषिका अगुवा- वैज्ञानिक कार्की

संरक्षण कृषिका अगुवा- वैज्ञानिक कार्की
अ+ अ-


एकराज पाठक
हरेक अनाज, उपज या बनस्पतिको उत्पत्ति माटोबाटै हुन्छ, माटो नभई यो सृष्टि चल्दैन । त्यसैले पृथ्वीलाई जननी मानिएको हो । तर आमालाई जस्तै गाह्रो छ पृथ्वीलाई पनि चराचर जगत पाल्न । किनकि जननीलाई माटो बनाउन गाह्रो छ । खेतीगर्ने जमिनको १ सेन्टीमीटर माटोको तह जम्मा हुनलाई कम्तीमा ४ हजार वर्ष लाग्छ । तर हलोको सियोले भेट्ने माटोको गहिराई २५ सेन्टीमीटर हुन्छ । हिसाब छर्लङ्गै छ । फेरि हलोको सियोले मात्र भेट्ने त्यो माटोको तह भनेको सानो वा छोटो जरा भएका खेतीबालीहरु जस्तै धान, गहूँ, कोदो, तरकारीका झालहरु आदिका लागि मात्र हो । मकैलाई त्यतिमात्र गहिराईले पुग्दैन किनभने मकैका जरा २ मीटर गहिराइसम्मै पुग्छन् । अब दुई दुई मीटर माटो बन्न कति हजार वर्ष लाग्यो ?
जल, स्थल र वायुको भण्डारण नै माटो हो । यो प्रांगारिक पदार्थ, जिवाणु र चिस्यान मिलेर बन्छ । यसरी माटो बन्ने प्रक्रियाले पछिल्लो समयमा गति लिन सकेको छैन । जिवाणुहरुले चिस्यानको माध्यमबाट प्रांगारिक पदार्थ कुहाएर माटो बनाउनुपर्नेमा कीटनाषक औषधि या बालीमा विषदीको प्रयोगले गर्दा जिवाणुहरु पनि मर्छन् । यसका कारण माटो बन्ने प्रक्रियाका लागि जिवाणु कुहिन छाडेका छन् । अहिलेको विश्वमा धेरै विषादिको प्रयोगले गर्दा पनि माटो बन्ने प्रक्रियामा ह्रास आइरहेको छ । यसबाहेक माटोको कमी हुदै गएका अरु पनि धेरै कारण छन् । तर जिवाणुबाट बन्ने नियमित र वैज्ञानिक प्रक्रिया यसरी नै कमहुदै गयो भने यसले मानव र जिवमा पार्ने स्वास्थ्यको असर पनि भयावह हुदै जाने देखिन्छ ।
कृषि अनुसन्धान परिषद, नार्कका वरिष्ठ कृषि बैज्ञानिक डा.टीकाबहादुर कार्कीलाई अहिले यसैको छ बढी चिन्ता । यति कठिन प्रक्रियाबाट बनेको माटो बगेर गएको र क्षीण भएकोमा उनी चिन्तित छन् । माटो बन्ने प्रक्रिया नै यति मन्द गतिमा छ फेरि यसरी बनेको माटो पनि बगेर गएको छ । उनी भन्छन्— यति महंगो माटो प्रति हेक्टर ०.५ देखि २५ मेट्रिक टनसम्म बगेर गएको छ । यो माटो मनशुुन पूर्वमा पर्ने पानीले बढी बगाउँछ । मनशुन पूर्वको जमिन खाली हुन्छ । अनि त्यस समयमा नियमित र मन्द नभएर खहरे बढ्ने प्रकृतिको पानी पर्छ । यस्तो अवस्थामा खाली जमिनको माटो बगेर जाने सम्भावना धेरै हुन्छ । त्यसैले यो माटो बगेर जाने गर्दछ । तर मनशुन सुरु भएपछि भने नेपालको सन्दर्भमा अध्ययन गर्दा त्यस जमिनमा मकै तथा अन्य बनस्पतिहरु उम्रिने भएकोले त्यति धेरै माटो बग्न पाउँदैन । फेरि मनशुनको पानी एक्कासी धेरै पर्ने नभई धैर्यताका साथ वर्षा हुने भएकोले पनि माटो त्यति धेरै बग्दैन, रोकिन्छ । यस्तो मनशुन पूर्वको अवस्थामा बाढीले माटो बग्ने मात्र नभएर पहिरोको सम्भावना पनि हुन्छ । लामो समयपछि पानी पर्ने र ठूलो पानी पर्ने भएकोले यस्तो बेलामा आएको पानीले जमिनमा चिरा पार्ने र पहिरो हाल्ने काम गर्दछ ।
त्यसो भए यो महंगो माटो कसरी बचाइराख्ने त ? वरिष्ठ वैज्ञानिक डा.कार्की गएको दशकदेखि यही उपायको खोजीमा छन् । उनको माटो बचाइराख्ने हतियार बनेको छ संरक्षण कृषि । संरक्षण कृषिमा नै उनले विद्यावारिधी हासिल गरेका हुन् । सन् १९९० मा अमेरिकाबाट शुरु भएको यो कृषि प्रणाली विश्वका दर्जनौँ देशहुँदै सन् २०१० मा नेपाल भित्रियो । त्यसयता यो खेतीको अभियानको शुरुवात भयो र त्यसको अगुवाई डा.कार्कीले गरेका छन् । संरक्षण कृषिको यो अभियान यतिखेरसरम्म आइपुग्दा नेपालका विभिन्न जिल्लामा फैलिएको छ । कपिलवस्तु, नवलपरासी, चितवन, पाल्पा, गुल्मी, अर्घाखाँचीमा यसको प्रयोग भएको छ । यो कृषि प्रणाली झन् व्यावहारिक र उब्जाउ देखिएको छ । परीक्षणबाट यो प्रणाली प्रभावकारी देखिएकोले यसलाई देशैभरि विस्तार गर्नुपर्ने धारणा छ डा.कार्कीको ।
बिना खनजोत या कम खनजोत गरी बाली विरुवाका नल, पराल, ढोँड जमिनमै छोडेर गरिने खेती प्रविधिलाई संरक्षण कृषि भनिन्छ । वैज्ञानिक कार्की भन्छन्– जमिनमा खनजोत नै नगर्ने या कम खमजोत गर्ने, खेती गर्ने जमिनमा छापो लगाउने या माटो खुला नछा्ड्ने र बाली चक्र अपनाउने प्रक्रियाहरु नै सबै संरक्षण कृषिमा पर्छन् । डा.कार्कीको भनाई छ— हुनत नेपालमा अहिले पनि खोतीगर्ने जमिनलाई धेरै खनजोत गर्र्ने, माटोलाई टुक्र्याउने मात्र नभई धुलौटे र फुरफुराउँदो बनाउने गरिन्छ । बाँझो जमिनमै या अलिकतिमात्र खनजोत गरेर खेती गर्न मान्दैनन् कृषकहरु । तर मानिस अबभने माटो नष्ट नगर्नेतर्फ सचेत बनेका छन् । भोलिका दिनमा संरक्षण कृषिबाट मात्र कृषियोग्य माटो जोगाउन सकिन्छ भन्ने चेतना नागरिकमा बढेको डा.कार्कीको भनाई छ ।
संरक्षण कृषिले कसरी संरक्षण गर्छ माटो ? माटो टुक्रिन नदिँदा बग्ने डर हुदैन । माटो धेरै खेलाउने र बढी धुलो बनाउने गर्दा भूक्षयको डर हुन्छ जुन होचो जमिनतिर बग्न थाल्छ । यस्तो बग्ने क्रम पनि रोकिनेछ । डा.कार्की भन्छन्– यो प्रणाली पहाडमा झन् धेरै आवश्यक छ । किनभने पहाडको खेतीयोग्य जमिन बढी भिरालोमा हुने र यस्तोमा धान रोप्दा पानी नपुग्ने र बग्ने त्रास हुन्छ । नेपालको सबै कृषियोग्य जमिनमध्ये करिब ३० प्रतिशत भिरालोमा छ । यस्तो भिरालो जमिनमा अलिअलि मात्र खनेको वा बाँझो जमिनमै खेती गर्दा पनि उत्पादनमा कमी होइन बृद्धि नै भएको छ । यस्तोमा छरुवा धान वा गहुँको खेती गर्न सकिन्छ । यस्तोमा लगाउने घैया धानको उत्पादन झन बढी देखिएको छ । अनि यसरी गरिने खेतीमा परम्परागत खेतीको भन्दा ४० देखि ५० प्रतिशतसम्म लागत कम लाग्ने गरेको र अध्ययनले देखाएको छ ।
वैज्ञानिक डा.कार्की भन्छन्— अब हामीले कुनै न कुनै नयाँ प्रविधि र खेती गर्ने तरिकाको बारेमा नसोची हुदैन किनभने हाम्रो जमिन यही हो, बढ्दैन । तर खाने मुख भने वर्षेनी बढ्दै छ जुन स्वाभाविकै हो । अनि यही जमिनमा र पुरानै विधिले खेती गरेर खान पनि पुग्दैन । माटो बचाउने, यसको उर्भर शक्ति बढाउने र फसल पनि बढाउने उपाय यही संरक्षण कृषि हुनसक्छ भन्छन् उनी । दुनियाँ आधुनिक खेती प्रणाली र अत्याधुनिक प्रविधिमा पुगिसकेको छ तर हामी उही हलो र जुवामै छौँ डा.कार्की भन्छन् । उनी भन्छन्— हेर्नुस् त ५० वर्षअघि र आजको हलो जोत्ने प्रविधिमा फरक छ त ? छैन नि । हुनत अहिले तराईमा ट्याक्टर आदि आएका छन् तर पहाड त उही हो । खेती लगाउने तरिका उही हो खनजोत उही हो । अब सधैँ यसरी हुदैन । माटो र पानी बचाउन र उत्पादन बढाउन अब संरक्षण कृषिकै अभ्यासमा हामी जानुपर्छ ।