१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डन राजन लिम्बू प्रहरी मुठभेडमा घाइते



अ+ अ-

काठमाडाैं, २१ मंसिर । नेपाल प्रहरीकाे अपराध महाशाखासँगकाे विशेष टाेलीसँग भएकाे भिडन्तमा खुँखार डन राजन लिम्बू घाइते भएका छन् ।

प्रहरीका अनुसार उनकाे दुबै खुट्टामा गाेली लागेकाे छ । प्रहरीकाे सर्वाधिक खाेजीकाे सूचीमा रहेका राजन विरूद्ध छ वटा डाका मुद्दा र उजुरी परेका छन् । उनले मानिसहरूलाइ पेस्ताेल देखाइ लुट्ने कार्य गरिअाएकाे प्रहरीकाे भनाइ छ ।

राजनले पछिल्लाे पटक २०७५ मंसिर १२ गते इटहरीस्थित अाइएमइबाट पीडितलाइ छुरा प्रहार गरी रू. ३ लाख लुटेका थिए ।

प्रहरीसँग कालाेपुल धाेबीखाेला काेरिडाेरमा मुठभेड भएकाे बताइएकाे छ ।

प्रहरीले राजनकाे साथबाट एउटा पेस्ताेल, पेस्ताेलकाे म्यागजिन र पेस्ताेलका चार थान गाेली पनि बरामद गरेकाे छ ।