२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार राजदूतकाे नाम संसदीय समितिद्वारा अनुमाेदन



अ+ अ-

काठमाडाैं, २३ मंसिर । प्रतिनिधिसभाको संसदीय सुनुवाई समितिकाे बैठकले विभिन्न चार मुलुकका लागि प्रस्तावित राजदूतहरुको नाम अाइतबार अनुमोदन गरेको छ ।

सिंहदरबारमा बसेकाे बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि डा. अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्स् यूएईका लागि कृष्णप्रसाद ढकालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सदस्यहरुले प्रस्तावित चारै जना राजदूतसँग उनीहरुको भावी कार्ययोजना, कार्यक्षमता, योग्यता र नेपालमा लगानीको सम्भावना लगायतका विषयमा प्रश्न गरेका थिए । प्रस्तावित राजदूत विरुद्ध व्यक्तिगत रुपमा कुनै उजुरी नआएको र समितिमा उठेका प्रश्नहरुमा उनीहरुले चित्तबुज्दो जवाफ दिएकाले सर्वसम्मतिले नाम अनुमोदान गरेको समिति सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।

राजदूत नियुक्ती प्रकृया समावेशी हुन नसकेको भन्दै संसदीय समितिले सरकारको ध्यानाकर्षण समेत गराएको छ । अहिले नियुक्त भएका राजदूतहरु समावेशी ढंगले चयन हुन नसकेको भन्दै आगामी दिनमा राजदूत नियुक्त गर्दा समावेशी अवधारणा अपनाउन सरकारको ध्यानाकर्षण गराईएको सदस्य भट्टराईले बताउनुभयो ।

प्रस्तावित राजदूतहरुको बारेमा संसदीय समितिले अनुमोदन गरेपछि अब सरकारले उनीहरुको एग्रिमो सम्बन्धित देशमा पठाउने छ । एग्रिमो स्वीकृति भएर आएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले राजदूत नियुक्ति सम्बन्धी निर्णय गरेकाे थियाे । उहाँहरुमध्ये आचार्यसँग पूर्वमन्त्री एवं पूर्वराजदूत भएको अनुभव छ भने पाण्डेले यसअघि पनि राजदूतको जिम्मेवारी सम्हालीसक्नुभएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव ढकालले यसअघि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी डेढ वर्ष सम्हाल्नुभएकाे थियाे ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकलगायतका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएकी डा शाक्यले मुलुकको राष्ट्रिय हितलाई सर्वाेपरी राखेर सरकारको विकास र समृद्धिको लक्ष्यलाई आधार बनाएर आफूले कार्यसम्पादन गर्ने बैठकसमक्ष प्रतिबद्धता जनाउनुभयो ।