१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजन अध्यादेश जारी



अ+ अ-
राष्ट्रपति भवन, शीतलनिवासमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश प्रमाणीकरण गर्दै । तस्बिर: राष्ट्रपतिकाे कार्यालय

काठमाडौँ, २३ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा अाइतबार सो अध्यादेश जारी गर्नुभएको हो ।

प्रदेश तहमा कर्मचारी अपुग भइरहेको र खटाइएका स्थानमा कर्मचारी नजाने समस्या विद्यमान रहेको अवस्थामा उक्त अध्यादेशले तोकिएको सुविधा दिएर कर्मचारी प्रदेशमा खटाउने र अटेर गरेमा सेवाबाट बिदा दिन सकिनेसम्मको अधिकार रहेको जनाइएको छ ।

सङ्घ र प्रदेशबीच तथा प्रदेशप्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक अाइतबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेकै दिन अध्यादेश जारी हुनुले प्रदेश तहलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आउँदो पुसभित्र कर्मचारी समायोजन पूरा गर्ने बताउँदै आउनुभएको छ ।