२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली सुन बेच्ने दुईजना पक्राउ



अ+ अ-

काठमाडौं । नक्कली सुन बेच्न खोज्ने दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक वलेफि घर भई हाल चावहिल वस्ने २३ वर्षका लालबहादुर लामा र सिन्धुपाल्चोक मेलम्चीका राजिव तामाङ रहेका छन्।

सोमबार उनीहरुले आफूहरुसंग दुई किलो सुन रहेको र ६६ लाखमा बेच्चे भन्दै ग्राहक खोजिरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट पक्राउ गरेको हो।

उनीहरु यस अघिसमेत नक्कली सुन प्रकणमा पक्राउ पछि जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत धरौटीमा छुटेका व्यक्ति भएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जनाकारी दिए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।