२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा विधानसभा निर्वाचन : राहुल गान्धीलाई पछ्याउदै मोदी



अ+ अ-

भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना आउनेक्रम जारी छ । पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईले उछिनिरहेको छ।

भारतीय निर्वाचन आयोगका अनुसार हालै निर्वाचन भएका राज्यहरुमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलङ्गानामा मतणना जारी रहेको छ ।

यसअघि भारतीय जनता पार्टीको सरकार रहेको मध्यप्रदेश र राजस्थानमा कङ्ग्रेसले कडा टक्कर दिइरहेको छ । मध्यप्रदेशमा २३० सदस्यीय विधानसभामा कङ्ग्रेस १०९ र भाजपाले १०८ स्थानमा अग्रता लिएका छन् । बहुजन समाज पार्टीले ७, गोडवाना गणतन्त्र पार्टीले २ र अन्यले ३ स्थानमा अग्रता कायम गरेका छन् ।

अर्को महत्वपूर्ण राज्य राजस्थानमा २०० सिटका लागि कङ्ग्रेसले ९२ र सत्तारुढ दल भाजपाले ८२ स्थानमा अग्रता बनाएका छन् । त्यस्तै बहुजन समाज पार्टीले ३ र अन्यले २० स्थानमा अग्रता बनाएका छन् ।

त्यस्तै, कुल ९० सिट रहेको छत्तीसगढमा कङ्ग्रेसले ६५ र बीजेपीले १७ सिटमा अग्रता बनाएका छन् । जनता कांग्रेस छत्तीसगढले ७, बहुजन समाज पार्टीले १ र कम्युनिष्ट पार्टी अफ इन्डिया शुन्य सिटमा अग्रता रहेको छ ।

मिजरोममा ४० सिटमा मिजो नेसनल फ्रन्टले २७, कङ्ग्रेसले ६ र भाजपाले १ अतथा अन्यले ६ स्थानमा अग्रता बनाएका छन् ।

त्यस्तै ११९ स्थान रहेको तेलंगनामा स्थानिय तेलंगना राष्ट्रिय समितिले ८७, कङ्ग्रेसले १९ र तेल्गु देसम पार्टीले २ र भाजपाले १ स्थानमा अग्रता बनाएको छ ।