४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

कालीगण्डकी कोरिडोरमा टावर निर्माण धमाधम

कालीगण्डकी कोरिडोरमा टावर निर्माण धमाधम
अ+ अ-


बेनी । म्याग्दी र मुस्ताङमा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न निर्माण शुरु गरिएको कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण कामले गति लिएको छ । कोरिडोरअन्र्तगत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रसारण लाइन र सब–स्टेशन निर्माण कार्यले गति लिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सब–स्टेशन निर्माण भैरहेका छन् ।

जलविद्युत् विकासमा यस क्षेत्रको भाग्यरेखा मानिएको यस आयोजनाको निर्माण कार्य अघि बढेसँगै यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनाहरुले समेत आफ्नो निर्माण कार्यलाई तीब्रता दिन थालेका छन् । दानामा ७० र खुर्कोटमा ६० प्रतिशत सब–स्टेशन निर्माण कार्य सकिएको यस आयोजनाको टावर निर्माणसँगै तार तान्ने कामसमेत अघि बढाइएको आयोजनाका सहायक निर्देशक रमेश खड्काले जानकारी दिनुभयो । “दाना–खुर्कोटसम्म ११४ वटा टावर निर्माण गर्नुपर्नेमा अहिलेसम्म ६५ वटा टावर निर्माण सम्पन्न भएको छ, २० भन्दा बढी ठाउँमा फाउण्डेशन तयार भएको छ, तिप्ल्याङ, महभिर र धाईरिङबाट तार तान्ने काम पनि सँगसँगै अघि बढेको छ” – सहायक निर्देशक खड्काले भन्नुभयो ।

एशियाली विकास बैङ्कको ऋण सहयोगमा करीब २ अर्ब ७५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको जेभी टाटा एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले सन २०१६ को सेप्सेम्बरदेखि निर्माण कार्य शुरु गरेको थियो । विसं २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएपनि सरकारी प्रकृया, मुआब्जालगायतका विविध कारण निर्धारित मितिमा काम सम्पन्न गर्न नसकेपछि ६ महिना समय थप भएको छ । “अहिलेसम्म करीब ७५ प्रतिशत काम सम्पन्न भएको छ, केही ठाउँमा स्थानीयवासीसँगको विवादका कारण काम हुन नसके पनि आयोजनाको कामले गति लिएको छ, थप भएको समयभित्रै सम्पन्न गर्नेतर्फ हाम्रो जोड छ” – आयोजनाका प्रमुख चन्दनकुमार घोषले भन्नुभयो ।

कालीगण्डकी कोरिडोर राष्ट्रिय प्रशारण लाइनमार्फत म्याग्दी र मुस्ताङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिनेछ । यो प्रसारण लाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरि र नीलगिरि क्यास्केट निर्माणाधीन अवस्थामा छन् ।

त्यस्तै, रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण कार्य शुरु गरेको छ । अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केटलगायतका आयोजनाले काम शुरु गर्ने तयारी गरेका छन् । कालीगण्डकी र यहाँका सहायक खोलानालाबाट विद्युत् उत्पादनको अनुमति लिएर बसेकाहरु प्रसारण लाइन निर्माणले गति लिएसँगै पूर्वाधार निर्माणमा जुट्न थालेका हुन् ।

यस आयोजनाले प्रसारण लाइनको टावर रहने जग्गा अधिग्रहणका लागि साढे सात करोड रुपैयाँ भन्दा बढी मुआब्जा वितरण गरिसकेको छ । टावरका लागि ९३ रोपनी जग्गा अधिग्रहण गर्दा मुआब्जा मूल्याङ्कन समितिको निर्णयअुनसार म्याग्दीमा ९० जनालाई ४ करोड २० लाख र पर्वतमा ८८ जनालाई ३ करोड ७० लाख मुआब्जा दिनुपर्छ । तर, अहिलेसम्म म्याग्दीका ७० जनाले कुल साढे ३ करोड र पर्वतका ७५ जनाले ३ करोड रुपैयाँ मुआब्जा बुझेको आयोजनाका लेखापाल गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रकृया पूरा गरी आएका सबै लाभग्राहीलाई मुआब्जा वितरण भैरहेको र केही ठाउँमा एउटै जग्गामा हकदावी धेरै भएको कारण जग्गा पहिचान गरेर मुआब्जा दिने तयारी गरिएको आयोजनाले जनाएको छ ।

टावर सार्न माग

दाना–खुर्कोट प्रसारण लाइनबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका स्थानीयवासीले घर र खेतीयोग्य जमीनलाई प्रभावित हुने गरी प्रसारण लाइन निर्माण गर्न लागिएको भन्दै प्रसारण लाइनको टावर सार्न माग गरेका छन् । केही घरधुरीको घर र सम्भावित बस्ती विकासको सम्भावना रहेको ठाउँ हुँदै टावर निर्माण र लाइन विस्तार हुने भएपछि स्थानीयवासीले पोखरेबगरको बस्तीलाई छलेर टावर निर्माण गर्न माग गरेका छन् ।

त्यस्तै, प्रसारण लाइनदेखि मुनि पर्ने र टावरका लागि अधिग्रहण गर्ने जग्गाबीचमा असमान तवरले मुआब्जा निर्धारण गरिएकामा प्रभावित क्षेत्रका बासिन्दाहरुले मुआब्जा निर्धारणलाई पुनःमूल्याङ्कन गर्न माग गर्दैआएका छन् । स्थानीयवासीको गुनासाहरुलाई ऊर्जा मन्त्रीसामु पु¥याइएको म्याग्दीका प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले बताउनुभयो ।

यता, जलजला गाउँपालिकाको मल्लाजका स्थानीयवासीले समेत टावर निर्माणप्रति आपत्ति जनाएका छन् । पोखरेबगर र मल्लाजमा केही समस्या देखिए पनि अन्य ठाउँको कामलाई भने गति दिइएको आयोजनाले जनाएको छ । यस आयोजनाअन्र्तगत म्याग्दी र खुर्कोटबीचमा पर्ने ४ हजार २०८ वटा रुख काटिने भएको छ । रुख काट्नका लागि आयोजनाले प्रतिबोट २५ वटा विरुवा रोपी सट्टा भर्ना गरिदिनुपर्छ ।

दुई दशमलव ५८ हेक्टर वन सट्टाभर्नास्वरुप वृक्षरोपणका लागि आवश्यक पर्ने भए पनि अहिलेसम्म उपयुक्त जग्गा प्राप्त हुन नसकेको आयोजनाका सहायक प्रशासकीय अधिकृत जगदीश लामिछानेले बताउनुभयो । सम्झौताअनुसार क्षतिपूर्तिस्वरुप रकम उपलब्ध गराउन सकिने प्रावधान रहे पनि रकम यकिन गर्न वन विभागमा पत्राचार गरिएको छ ।

आयोजनाको चरणबद्ध काम
विद्युत् प्राधिकरणले म्याग्दीको दानादेखि नवलपरासीको बर्दाघाटसम्म जोड्ने १४३ किलोमिटर लामो कालीगण्डकी कोरिडोर प्रसारण आयोजनाको पहिलो चरणमा दाना–खुर्कोटमा सब–स्टेशन र ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माणको काम अघि बढाएको छ । यसलाई बर्दाघाटसम्म जोड्न अन्य तीन चरणका कामलाई समेत अघि बढाएको छ ।

खुर्कोटदेखि न्यु बुटवल बडेरा ८८ किलोमिटर दूरीको प्रसारण लाइनको सर्भेको काम सकिएको छ भने बडेरामा सब–स्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरी काम शुरु भएको छ । बडेरादेखि बर्दाघाटसम्मको १६ किलोमिटर लामो प्रसारण लाइन र सब–स्टेशन निर्माणको काम भने टेण्डर मूल्याङ्कन र वातावरणीय प्रभाव अध्ययनका क्रममा रहेको सहायक निर्देशक खड्काले जानकारी दिनुभयो । रासस