२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस महासमिति बैठक : पार्टीको गास आफ्नो बास



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका १४ सय महासमिति सदस्यहरु काठमाडौंमा भेला हुँदैछन् । २९ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि देशभरका साथै प्रवासबाट पनि महासमिति सदस्यहरु आउनेछन् ।महासमिति सदस्यहरु सम्पर्कमा आउने र रजिस्ट्रेसन तथा दस्तावेज वितरण २८ गते नै हुनेछ ।

महासमिति बैठक आयोजनाको व्यवस्थापनको जिम्मा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिलाई दिइएको छ । कांग्रेसका काठमाडौं जिल्ला सभापति सवुज बानियाँका अनुसार महासमिति बैठकको तयारी लगभग पूरा भइससकेको छ ।

कार्यक्रम स्थल पार्टी कार्यालयबाट सिंहदरबार अगाडि रहेको योगम्बर पार्टी प्यालेसमा सरेको छ ।महासमिति सदस्यहरुलाई विहानको खाजा, खाना र दिउँसोको खाजा पार्टीले खुवाउनेछ । ‘साँझको खाना र बासको व्यवस्था आफैंले गर्नुपर्ने भन्ने पार्टीको परिपत्र छ’ बानियाँले अनलाइनखबरसँग भने, ‘यसबारे अन्तिम टुंगो भोलि लाग्छ ।’

कांग्रेसले महासमिति बैठकको व्यवस्थापनको जिम्मा उपत्यकाका तीन जिल्लालाई दिएको छ । तर, पार्टी सहयोग तथा चन्दा उठाउने अनुमति पनि दिइएको छैन ।