२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद तेस्रो पटक स्थगित



अ+ अ-

काठमाडौं । संवैधानिक परिषदको मंगलबार साँझ बोलाइएको बैठक पनि स्थगित भएको छ । यससँगै प्रधानन्यायाधीश सिफारिस अझै पर धकेलिएको छ ।

यसअघि मंसिर १७ गते बसेको बैठक अनिर्णित भएपछि २२ गते बोलाइएको थियो । शनिबार परेको भन्दै आज मंगलबार बैठक राखिएको थियो तर, अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

प्रधानन्यायाधीशको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाबीच छलफल हुन बाँकी रहेकाले मंगलबारको संवैधानिक परिषदको बैठक स्थगित भएको स्रोतको भनाइ छ ।

प्रधान न्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नयाँको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेरका कारण पुस १७ गते अवकाश हुँदैछन् ।

संवैधानिक परिषद्को अर्को बैठक पुस ५ गते बोलाइएको छ । नयाँ प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमसेर जबरा र दीपकराज जोशीको नाम न्याय परिषदले परिषदमा पठाएको छ ।

जोशी यसअघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भइसकेकाले चोलेन्द्र प्रधानन्यायधाधीश सिफारिस हुने सम्भावना छ ।