४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

अझै चार हजारले पहिलो किस्ता लिन बाँकी

अझै चार हजारले पहिलो किस्ता लिन बाँकी
अ+ अ-

ललितपुर । जिल्लामा भूकम्पपीडितको निजी आवास निर्माणका लागि पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या २४ हजार ४११ पुगेको छ ।

जिल्लाभरमा जम्मा २८ हजार ३८२ लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । अहिलेसम्म सूचीकृत लाभग्राहीमध्ये चार हजार लाभग्राहीले पहिलो किस्ता लिन बाँकी रहेको एकाइका आयोजना प्रमुख बीरबहादुर रावलले बताउनुभयो ।

पहिला किस्ता लिनेभन्दा दोस्रो किस्ता लिनेको सङ्ख्या धेरै कम छ । नौ हजार ३३४ जनाले दोस्रो किस्तावापतको रकम लिइसकेका छन् । तेस्रो किस्ता लिने लाभग्राही छ हजार १३० छन् । उहाँले भन्नुभयो, “पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो किस्ता लिनेको सङ्ख्या अझै कम छ ।”

जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् । यीमध्ये गाउँपालिकामा दोस्रो र तेस्रो किस्ता लिनेको सङ्ख्या बढी छ । शहरी क्षेत्रमा कम क्षेत्रफलमा घर बनाउनुपर्ने, एउटै घरमा धेरै परिवारको बसोवास, नक्सापास गर्र्न कठिनलगायतका कारण घर बनाउन ढिलाइ भइरहेको प्रमुख रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यी विषयमा पुनःनिर्माण प्राधिकरण र स्थानीय सरकारका बीचमा समझदारी भएकाले अव गति लिन सक्छ ।” जिल्लाभरमा प्रबलीकरणका लाभग्राही एक हजार ३८१ रहेको छ । रासस