१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस भित्र हिन्दू राष्ट्रको बहस : शशांक पक्षमा सिटौला बिपक्षमा



अ+ अ-

काठमाडौं । नेपालको सबैभन्दा पुरानो पार्टि नेपाली कांग्रेस भित्र हिन्दू राष्ट्रको बहसले प्रवेश पाएको छ । महामन्त्री शशांक कोेइरालाले हिन्दू राष्ट्र र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने भन्दै सार्वजनिक धारणा राखेपछि कांग्रेसभित्र बहस सुरु भएको हो ।

अहिले सम्म नेपाललाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउँनु पर्ने भन्दै कुनैपनि राजनीतिक दलभित्र औपचारिक छलफल भएको थिएन । तत्कालिन पार्टि सभापति गिरिजाप्रसाद कोइराला एक्लैले धर्मनिरपेक्ष राष्ट«का बिषयमा निर्णय लिएपछि कांग्रेसले मानेपनि केही नेताले भने असन्तुष्टी जनाउँदै आएका थिए ।

कांग्रेसका तत्कालिन नेता खुमबहादुर खड्काले धर्मनिरपेक्षताका बिषयमा जनमतसंग्रह माग गर्दै आएका थिए । उनको माग न कांग्रेसले सुन्यो नत गिरिजाप्रसाद कोइरालाले सुने । उनी दिंवगत भएको एक बर्षपछि कोइराला परिवारकै सदस्य शशांकले हिन्दू राष्ट्रका पक्षमा बहस थालेका छन् ।

बुधवार कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री शशांकको सार्वजनिक धारणा बहस समेत भयो । अधिकाँस केन्द्रीय सदस्यहरुले हिन्दुराष्ट कांग्रेसको एजेण्डा बनाउनु पर्ने धारणा राख्दा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने हिन्दुराष्ट एजेण्डाको बिपक्षमा देखिएका छन् ।

बैठकमा सिटौलाले हिन्दुराष्टका पक्षमा पार्टीभित्र ठुलो बहसको आवश्यकता भएको बताए । उनले भने हिन्दू राष्ट्रको एजेण्डा लिदैमा पार्टी ठुलो नहुँने जिकिर गरेका छन् । हिन्दू राष्ट्रको एजेण्डाले पार्टी ठुलो हुनेभए कमल थापाको पार्टी किन सुक्यो रु बैठका सिटौलाले प्रतिपश्न गरे ।