१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्म प्रचार गर्ने संस्था युपिएफ तत्काल बन्द गर्न गगन थापाको माग



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले धर्म प्रचार गर्ने संस्था युपिएफ तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् । बिहीबार आफ्नो फेसबुक पेजमा स्टाट्स लेख्दै नेपालको बदनाम गराउने र धर्म परिर्बतनको कामलाई तीब्रता दिएको भन्दै आपति ब्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा अहिले चर्चामा रहेको विवादित एसिया प्यासिफिक समिटको भिडियोले आफ्नो ध्यानाकर्षण भएको समेत बताएका छन् ।

युनिभर्सल पिस फेडरेशन उद्घाटन टुर कहिले, कसले गर्‍यो त्यो विषयमा हाम्रो कुनै चासो छैन तर सोही दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ । नेता थापाले भने पहिलो कुरा, नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद नै थिएन । हुँदै नभएको संसदले घोषणा गर्ने कुरै रहेन ।स्मरण रहोस् त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको दिन हो,त्यहि समझदारीको जगमा भएको जनआन्दोलनले संसदको पुनर्स्थापना गरेको थियो।दोस्रो कुरा नेपालको संसदले पछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन । यो आफैमा झुटो, कपोलकल्पित र बदनियतपुर्ण छ । यसले नेपालको सम्मानित संसदको दुरुपयोग मात्र गरेको छैन, अन्तराष्ट्रिय समुदायमा समेत बदनाम गर्न खोजिएको छ, यो कृत्य निन्दनीय छ । थापाले आफ्नो फेसबुकवालमा यस्तो स्टाट्स लेखेका छन् …………….