४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन
अ+ अ-


दमौली । शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५-७६ को चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

नगरपालिकाले चालू आवमा रु पाँच करोड चार लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा चार महीनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको हो । नगरपालिकाले मङ्सिरको मध्यसम्म रु आठ करोड ३४ लाख ९७ हजार ७७८ राजश्व सङ्कलन गरेको उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आन्तरिक उत्पादन करबाट रु तीन करोड ६७ लाख ५४ हजार ५००, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट रु दुई करोड ६७ लाख ८६ हजार, नवीकरण, सम्पत्ति मूल्याङ्कन, नाता प्रमाणित, व्यक्तिगत घटना दस्तुर, विद्युत् सिफारिशलगायतबाट रु एक करोड २१ लाख सङ्कलन भएको छ ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएको वर्ष लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको नगरपालिकाले चालू आवमा भने लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको रसाइलीले बताउनुभयो । “गत आवमा हामीलाई कम अनुभव भएका कारण लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेनौँ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले गत आवमा रु छ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा रु चार करोड मात्रै सङ्कलन भएको थियो । नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट प्राप्त हुने राजश्वलाई पहिलो प्राथमिकतामा राखेको छ । आन्तरिक स्रोत वृद्धि गर्न करको दायरालाई फराकिलो बनाउँदै लगिएको उहाँले जानकारी दिनुभयो ।

भैँसीपालनमा रु चार करोड लगानी

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ निवासी हरि खड्का व्यवसायी हुनुहुन्छ । उहाँले दुलेगौँडा बजारमा युनिक डिपार्टमेन्टल स्टोर्स सञ्चालन गर्दै आउनुभएको छ ।

उहाँले गत वषदेखि शुक्लागण्डकी नगरपालिका–१० मीनामखानीमा भैँसीपालन शुरु गर्नुभएको छ । उहाँको युनिक मल्टी एग्रो प्रालिमा हालसम्म रु चार करोड ५० लाखभन्दा बढी लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । उक्त फार्ममा हाल ४२ वटा दूध दिने भैँसी रहेका छन् । प्रत्येक भैँसीका लागि पाइपबाट पानीको व्यवस्था गरिएको छ भने घाँस राख्नका लागि पनि छुट्टै ठाउँ बनाइएको छ ।

उहाँले भन्नुभयो, “जग्गा खरीद, संरचना निर्माण र बाटो विस्तारलगायत सबै गर्दा रु साढे चार करोडभन्दा बढी लगानी पुगिसकेको छ ।” फार्मबाट उत्पादित दूध दुलेगौँडा र खैरेनीटार बजारमा रहेको आफ्नै बिक्री केन्द्रबाट बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

फार्मबाट उत्पादिन दैनिक २५० लिटर दूध बजारमा बिक्री हुने गरेको छ । शुक्लागण्डकी नगरपालिकाको बजारमा मात्रै दैनिक ७०० लिटरभन्दा बढी दूध बिक्री हुने गरेको छ । “शुक्लागण्डकी नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्य लिएका छौँ”, उहाँले भन्नुभयो । रासस