५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारीलाई दलियो कालोमोसो, दुईलाख जरिवाना



अ+ अ-


काठमाडौँ । महिलामाथि बलात्कारको प्रयास गर्ने युवालाई कालोमोसो दली जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन्।

सो घटनामा कैलाली गाउँपालिका १ मझेराका कृष्ण चौधरीलाई महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा कालोमोसो दली जुत्ताको माला लगाईएको हो । मङ्सिर २३ गते राती चौधरीले स्थानीय महिलामाथि जबर्जस्ति गरेको हल्ला फैलिएपछि कारबाही स्वरुप २ लाख जरिवाना समेत तिर्नुपर्ने बताएको छ।

यसप्रकारका घटनाहरु प्राय भईरहने भएपनि प्रहरीलाई खबरै नगरी स्थानीय जम्मा भएर कारबाही गर्ने गरेको ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख प्रहरी नायव निरीक्षक रामचन्द्र पन्थले बताए।