• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने



काठमाडौँ । एशियन गेम्सका पदाधिकारी एवं पूर्व बक्सिङ खेलाडी दीपक महर्जनको आमा इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको छ ।

बोसीगाउँ स्पोर्ट्स क्लबको आयोजनामा आगामी पुसको २५ र २६ गते ‘इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटान मैत्रीपूर्ण बक्सिङ’ प्रतियोगिता हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल बक्सिङ सङ्घको तत्वाधानमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९ र ७५ केजी गरी कूल नौ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा भारतको हरियाणा र भुटानको राष्ट्रिय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट ‘ए’ र ‘बी’ गरी दुई टोलीको सहभागिता रहने सो अवसरमा जानकारी दिइयो । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्नेले क्रमशः रु १५, १० र पाँच हजार प्राप्त गर्नेछन् । २०७२ सालको भूकम्पमा परी इन्द्रमाया महर्जनको निधन भएको थियो । रासस