१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा पौडेल



अ+ अ-

भरतपुर: देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा शिवराज पौडेल नियुक्त हुनु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उहाँलाई दुई वर्षका लागि समितिको अध्यक्षमा आज नियुक्त गरिएको हो ।

तनहुँ देवघाट गाउँपालिका–५ का पौडेल यसअघि साविकको देवघाट गाविसका अध्यक्ष हुनुहुन्थ्यो ।

सामुदायिक अध्ययन केन्द्र र देवघाट सार्वजनिक पुस्तकालयको अध्यक्षसमेत रहनुभएका पौडेल देवघाटका विभिन्न धार्मिक सङ्घसंस्था, गुरुकुल, आश्रम, विद्यालय, रेडक्रस लगायतका विभिन्न २२ सामाजिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ ।

अध्यक्ष भएपछि रासससँग कुराकानी गर्दै पौडेलले देवघाटधामलाई नेपालको धार्मिक पर्यटकीय केन्द्र बनाउने बताउनुभयो ।

देवघाट धार्मिक र सांस्कृतिक केन्द्र भएकाले आवश्यकता र प्राथमिकताका आधारमा काम गरिने बताउँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।