४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

शम्शेरगञ्जवासी शोकमग्न

शम्शेरगञ्जवासी शोकमग्न
अ+ अ-


राँझा । विवाहको जिप दुर्घटनामा परी बेहुलाका बाबु–आमासहित छ जनाको ज्यान गएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जवासी शोकमग्न छन् ।

बेहुला–बेहुलीसहित जन्तीको पर्खाइमा बसेका शम्शेरगञ्जवासीले कल्पनै नगरेको बज्रपात व्यहोर्नुपरेको छ । ‘विवाहको भव्य तयारी थियो, गाउँका अधिकांश जन्ती गएका थिए तर रमाइलो पल एकाएक दुःखमा परिणत भएको छ”, राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष खुमबहादुर बस्नेतले भन्नुभयो, “कसैले कल्पनै नगरेको बज्रपात आइलागेकाले हामी स्तब्ध छौँ ।”

शम्शेरगञ्जका यज्ञ केसीको विवाहमा चितवनको गीतानगरमा जन्ती गई फर्कदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक बिहीबार बिहान पौने २ बजे एकापसमा ठोक्किँदा बेहुलाका बुवाआमासहित छ जनाको मृत्यु भएको थियो ।

चितवनमा विवाह कार्यक्रम सकिएपछि बेहुलाका बुवा ५३ वर्षीय मानबहादुर केसी र आमा ४५ वर्षीया विमला खत्री, आफन्त र गाउँका अगुवाहरु बेहुला–बेहुली र अन्य जन्तीको गाडीलाई छोडेर घरमा विवाहको मेलोमेसो मिलाउन भन्दै दुई घण्टा अगाडि नै उक्त स्कारपियो जिपमा फर्किएका थिए ।

दुर्घटनामा बेहुलाका बुवाआमा, पाँच वर्षीय भतिज प्रवीण खत्री, स्थानीय ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा चालक २१ वर्षीय यमबहादुर मगर र दुलाहाकी फुपू ४५ वर्षीया गीतादेवी खत्री घाइते हुनुभएको छ । उहाँहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । बेहुलाका बुवा केसी स्थानीय शिवशक्ति मावि पेडारी शम्शेरगञ्जका शिक्षक हुन् । घटनापछि विद्यालयमा अध्ययनरत विद्यार्थी भावविह्वल भएका छन् । शम्शेरगञ्जवासी निःशब्द भएर बसेका छन् । उनीहअरू एकअर्काको मलिन अनुहार हेरिरहन्छन् ।

“बुधबार राति रातिसम्म खुशीयाली थियो, हिजो बिहानदेखि गाउँमा सन्नाटा छाएको छ”, वडाध्यक्ष बस्नेतले भन्नुभयो, “यहाँ सम्झाउनेसम्म मान्छे छैनन् । सबैका आफन्त घटनामा परेका छन् । कसले कसलाई सम्झाइदिने रु हामी अब गर्नुपर्ने धार्मिक काममा खटिएका छौँ ।”

उहाँका अनुसार, धोजापतकाले सजिएको बिबाह घरमा अहिले शोकले भरिएका आफन्त र गाउँलेहरु जम्मा भएका छन् । मृतकको शव दाङबाट आएपछि सबैको अन्तिम संस्कार गरिने तयारी भइरहेको छ ।

“सोच्दै नसोचेको र कहिल्यै नभएको यो बज्रपातले हामी सबै शोकमग्न छौंँ”, वडाध्यक्ष बस्नेतले भन्नुभयो, “जन्तीमा रमाइलो गर्दै गएका गाउँले फर्किदा मलामी बन्नुपर्यो ।”

राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष एवं छिमेकी गाउँका बासिन्दा मदन वलीले यो दुर्घटनाले सिङ्गो गाउँपालिकावासी नै शोकमग्न भएको बताउनुभयो । गाउँपालिकाभरिकै मानिस स्तब्ध भएर बेहुलाको घरमा जम्मा भएको जानकारी दिँदै उहाँले रातभरको अनिद्राले गर्दा जिप बससँग जुध्न पुगेको हुनसक्ने बताउनुभयो ।

यसैबीच उक्त क्षेत्रकी प्रदेश सांसद कृष्णा केसीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग माग गर्नुभयो । उहाँले बिहीबार विज्ञप्ति जारी गरी दुर्घटना परी निधन भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । रासस