४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

झन्डै २ सय कानुन संसोधन हुँदै,संसद् बैठक पुस दोस्रो साताबाट

झन्डै २ सय कानुन संसोधन हुँदै,संसद् बैठक पुस दोस्रो साताबाट
अ+ अ-


काठमाडौं । हालसम्म मुलुकमा निमार्ण भएका कुल ३ सय ९३ कानुनमध्ये आगमी तीन महिना अर्थात् फागुन ३ भित्र १ सय ७४ वटा कानुन एकैपटक संसोधन हुने भएका छन्।

संविधानसँग बाझिएका सबैजसो कानुन संघीय संसद्को बैठक बसेको १ वर्षभित्र पारित गरिसक्नुपर्ने संवैधानिक वाध्यता भएकाले यति ठूलो संख्यामा एकैपटक संशोधन हुन लागेका हुन्। एकैपटक यति धेरै संख्यामा कानुन संशोधन हुन लागेको यो पहिलो घटना हो।

मुलुक पहिलोपटक संघीय राज्य संरचनामा गएको र समावेशी समानुपातिकलगायत विषयसमेत सबै कानुनमा सम्बोधन गर्नुपर्ने भएकाले सरकारले सो कानुन संसोधनका लागि तयारीसमेत सुरु गरेको छ। ‘३ सय ३९ मध्ये १ सय ७४ वटा कानुन संसोधन गर्नुपर्ने अवस्था छ, त्यसका लागि कानुन मन्त्रालयदेखि सरोकारवाला मन्त्रालयले तयारी तीव्रताका साथ गरिरहेका छन्,’ सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने, ‘त्यो पनि फागुन ३ भित्र सो संसोधन गर्नुपर्ने भएकाले सरकारले तयारी तीव्र पारेको हो।’ उनका अनुसार त्यसका लागि कानुन मन्त्रालयदेखि सरोकारवाला मन्त्रालयलाई तयारी तीव्र गर्नका लागि निर्देशन दिइएको छ।

नयाँ संविधानअनुसार स्थापित भएका मौलिक हकसम्बन्धी कानुन गत असोज ३ को समयसीमाभित्र पारित गरेकाले संविधानसँग बाझिएका कानुन पनि फागुन ३ भित्रै संसोधन गरिसक्नुपर्ने सरकार र संसद्को वाध्यता छ। त्यसमाथि १० वटा कानुन निमार्ण गरी सरकारले संघीय संसद्मा दर्ता गराईसकेको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिएका छन्।

हालसम्म मुलुकमा बनेका ३ सय ९३ कानुनमध्ये २ सय १९ वटा कानुन भने संसोधन गर्न आवश्यक नपरेको सरकारको ठम्याइ छ। तर, आगमी तीन महिनाभित्र झन्डै २ सयवटा कानुन अनिवार्यरूपमा पारित गर्नुपर्ने संवैधानिक वाध्यताकाबीचमा सरकारले काम गरिरहेको मन्त्री बाँस्कोटाको भनाइ छ।

तर, गत असोज ११ मा समापन भएको संसद्को बैठक भने सरकारले अझै बोलाउन सकेको छैन। संसद्को बैठक आह्वान गर्नका लागि ‘प्रावधिक समस्या’ भएको भन्दै सरकारले अध्यादेशबाट काम चलाइरहेको छ। संसद् बैठक बस्न नसक्दा कर्मचारी समायोजन अध्यादेश सरकारले ल्याउनुपरेको छ भने प्रदेश प्रहरी अध्यादेश तयार पारेको सरकारले रायका लागि लोकसेवा आयोगसमक्ष पठाएको छ।

‘सरकारले काम कारबाही चुस्तदुरुस्त र छिटोछरितो बनाउन अध्यादेश ल्याउने गरेको छ, यो संवैधानिक अधिकार पनि हो’ मन्त्री बाँस्कोटाले भने, ‘अध्यादेश ल्याए पनि ऐन बनाउनका लागि संसद्मा लानु नै पर्छ, त्यो लगिन्छ नै।’ उनका अनुसार संघीयता कार्यान्वयनका लागि कर्मचारी आवाश्यक भएकाले मात्रै अध्यादेश ल्याइएको हो।

तर, संविधानसँग बाझिने कानुन संशोधन गर्न संसद् बैठकको ढिलाइले केही अप्ठयारो नपर्ने सरकारको भनाइ छ। यसअघि पनि असोज ३ भित्र मौलिक हक संम्बन्धी १९ वटा कानुन समयसीमाभित्रै पारित गरिएको थियो।

संसद् बैठक पुस दोस्रो साताबाट

संघीय संसदको हिउँदे अधिवेशन पुस दोस्रो साताबाट मात्रै सञ्चालन हुने देखिएको छ। बानेश्वरस्थित संसद् भवनमा पुनर्निमार्ण र मर्मतसम्भार जारी रहेकाले संसद् बैठकको आह्वान गर्न नसकिएको संसद् सचिवालयले जनाएको छ। ‘पुस पहिलो सातासम्म संसद् भवनका कुर्सीदेखि अन्य भौतिक संरचना परिवर्तन र मर्मत गर्ने कार्य सम्पन्न हुनेछ,’ सचिवालय स्रोतले भन्यो, ‘त्यो सम्पन्न नगरी बैठक बस्न नमिल्ने भएकाले पुस दोस्रो सातासम्म बैठक सञ्चालन हुन नसकेको हो।’ उनका अनुसार सभामुख कृष्णबहादुर महरालाई संसद् भवनभित्र भइरहेको मर्मत सम्भार र नयाँ संरचना निमार्णमा भइरहेका प्रगतिबारे जानकारी गराइसकिएको छ।

उनका अनुसार उचाल्न नमिल्ने कुर्सी, हरेक सांसदको टेबुलमा माइक राख्ने, च्यातिएका र बिग्रिएका कुर्सीको मर्मत सम्भारदेखि कार्पेटिङको काम हाल संसद् भवनभित्र भइरहेको छ। झन्डै १ वर्षअघि संसद भवनभित्र नयाँ संरचना निमार्ण गरेको सचिवालयले त्यसको एक वर्षभित्र पुनः अर्को संरचना निमार्ण गरेपछि आलोचितसमेत हुँदै आएको छ। नागरिकबाट ।