• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, छ घाइते



गाईघाट । उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गए राति १० बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि राईले बताउनुभयो ।

ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमैै मृत्यु भएको र स्थानीयवासी विश्व राई, पुनम राई, सविना राई, शोनी राई, बुनु राई र मनिषा राई गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो ।

स४३प २३७३ नंको ट्याक्टर बलाम्ताको माझखर्कबाट गाउँतर्फ झर्दै गर्दा बाटोमा हिँडिरहेका यात्रु पवन राईलाई जोगाउने प्रयासमा ट्याक्टरले उनैलाईसमेत किचेर सडकबाट २५ मिटर तल खसेको थियो । अहिले मृतकहरुको शव गाईघाट जिल्ला अस्पतालमा ल्याइसकिएको छ । गम्भीर घाइतेको उपचार उक्त अस्पतालमा सम्भव नभएपछि विराटनगरको नोबेल अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ । रासस