४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

निःशुल्क खाजाले बढायो विद्यार्थी

निःशुल्क खाजाले बढायो विद्यार्थी
अ+ अ-


गलकोट । बागलुङ जिल्लाको सदरमुकाममा रहेको विद्यामन्दिर बालविकास केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने अभियान शुरु गरेपछि केन्द्रमा अध्ययन गर्न आउने विपन्न परिवारका विद्यार्थीको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

बाह्रजना विद्यार्थी रहेको बालविकास केन्द्रमा पूर्व विद्यार्थीको पहलमा निःशुल्क खाजा खुवाउने अभियान शुरु भएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर ३० पगेको बालविकास केन्द्रले जनाएको छ ।

जिल्ला सदरमुकाममा बसोवास गदै आएका मजदूर, ठेला व्यापारी, मुस्लिम अभिभावकका अधिकांश विद्यार्थीले अध्ययन गर्ने केन्द्रमा निःशुल्क खाजा वितरण हुन थालेपछि विपन्न विद्यार्थीको आकर्षण बढेको हो । जिल्ला सदरमुकाममा रहेका महङ्गा मन्टेश्वरी तथा बोर्डिङ स्कुलमा पठाउन नसक्ने अभिभावक आफ्ना छोराछोरीलाई निःशुल्क खाजा सहितको शिक्षा प्रदान गरेकोमा विद्यालयप्रति आभारी भएका छन् ।

‘विपन्न परिवारका छोराछोरी जसले खाजा ल्याएर विद्यालय आउन सक्दैनन् उनैलाई लक्षित गरी यस्तो अभियान ल्याएका हौँ’ निःशुल्क खाजा खुवाउने अभियानका आर्थिक संयोजक तथा पूर्व विद्यार्थी मुकेशचन्द्र राजभण्डारीले भन्नुभयो, “भोको पेटमा अध्ययन गर्दा शैक्षिक गुणस्तर वृद्धि गर्न सकिँदैन भन्ने सोचका साथ निःशुल्क खाजा अभियान शुरु गरेका हौँ ।”

विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा ख्याति प्राप्त पूर्व विद्यार्थी तथा शिक्षा प्रेमीबाट सहयोग सङ्कलन गरी निःशुल्क खाजा वितरण गदै आएको राजभण्डारीले बताउनुभयो ।

बालविकास केन्द्रमा अध्ययनरत् ३० विद्यार्थीलाई दिनको एक पटक घरेलु खाजा प्रदान गरिँदै आएको केन्द्रका सहजकर्ता जमुना क्षेत्रीले बताउनुभयो । खाजा वितरणको एक हप्ते सूचीनै तयार पारीे अण्डा, चना, दूध र लिटो मिलाएर खुवाउने गरेको केन्द्रले बताएको छ ।

यो वर्ष मात्र बालविकास केन्द्रको भौतिक सुधार, पोशाक, जुत्ता तथा झोलाका लागि विद्यालय तथा अन्य व्यक्तिको सहयोगबाट रु ६ लाख बराबरको रकम खर्च गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

बालविकास केन्द्रलाई पूर्व विद्यार्थी तथा शिक्षा प्रेमी सहयोगीले आफ्नो तथा परिवारको जन्मदिन, वैवाहिक वार्षिकोत्सव तथा पितृहरुको सम्झनामा आर्थिक सहयोग गर्ने गरेका छन् । स्वतःस्फूर्तरूपमा हस्तान्तरण भएको आर्थिक सहयोगबाटै बालविकास केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा वितरण गरिँदै आएको विद्यालयले जनाएको छ । केन्द्रमा एकजना सरकारी दरबन्दी तथा एकजना स्थानीय स्रोतबाट गरी दुईजना सहजकर्ता रहेका छन् ।

केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउँदा एक महीनाको रु २३ हजार ५०० खर्च लाग्ने राजभण्डारीले बताउनुभयो । निःशुल्क खाजा वितरणको शुभारम्भ गत असोज ८ गते विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले गर्नुभएको थियो । रासस