१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नास्टमा जनशक्ति अभाव



अ+ अ-

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा जनशक्ति अभावले सञ्चालित कार्यक्रम प्रभावित भएका छन् । नेपालमा विज्ञान र प्रविधिका विविध क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने उक्त संस्थामा लामो समयदेखि नियुक्ति प्रक्रिया अबरुद्ध हुँदा कर्मचारीको अभाव भोग्नुपरेको हो ।

नास्टले केही वर्ष पहिलेदेखि शुरु गरेको भूकम्पीय सूचना प्रणाली कार्यक्रमका साथै सञ्चालन भइरहेका अरु कार्यक्रमका लागि पनि जनशक्तिको अभाव भइरहेको प्रविधि सङ्कायका प्रमुख इञ्जिनियर डा प्रसाद ढकालले बताउनुभयो । प्रादेशिक संरचनाअनुसार हरेक प्रदेशमा एक/एक शाखा खोल्ने लक्ष्य नास्टको छ । उहाँले भन्नुभयो, “तर त्यसका लागि पर्याप्त जनशक्तिको खाँचो पर्छ ।”

नास्ट आफैँले सेवा आयोगमार्फत कर्मचारी नियुक्ति गर्न नमिल्ने भएकाले पनि यहाँ कर्मचारीको अभाव भएको हो । लोकसेवा आयोगको प्रक्रिया बमोजिम कर्मचारी नियुक्ति गर्दा समय लाग्ने भएकाले पहिले नास्ट आफैँले करारमा कर्मचारी नियुक्ति गर्दै आएको थियो । प्रविधि सङ्कायमा अहिले झण्डै २५ कार्यरत छन् ।

बीस जनासम्म कर्मचारी थप भए काम गर्न सहज हुने उल्लेख गर्दै उहाँले एक त देशभरमा नै प्राविधिक जनशक्ति पर्याप्त नहुनु र भएका पनि अध्ययनका लागि विदेश जाँदा यहाँ जनशक्ति अभाव रहेको प्रमुख ढकालले बताउनुभयो ।
रासस