• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

म्यानचेष्टर युनाईटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा



लिभरपुलले ईङलीस प्रिमियर लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई १७ खेलसम्म पुर्‍याएको छ । बलियो प्रतिद्वन्द्वी म्यानचेष्टर युनाईटेडलाई ३–१ ले हराउँदै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो ।

१७ औँ चरणका खेलको समाप्तिमा लिभरपुलको ४५ अंक छ । दोस्रो स्थानको म्याचेष्टर सिटीको ४४ अंक छ भने ३९ अंकमा टटनहाम तेस्रो र ३७ अंकमा चेल्सी चौथो स्थानमा रहेको छ । ब्राईटन एण्ड होभ एल्वियनसँग पराजित भएपछि पाँचौ स्थानको आर्सनलले भने चेल्सीसंग अंक बराबरी गर्ने अवसर गुमाएको छ ।

लिभरपुलको गएरातीको जितले म्यानचेष्टर युनाईटेडसँगको दुरी १९ अंकमा पुर्‍याएको छ । म्यान युनाईटेड २६ अंकमा छैठौं स्थानमा छ । लिभरपुललाई महत्वपुर्ण जित दिलाउन जर्दान साकिरीले २ तथा सादियो मानेले १ गोल गरे । २४ औँ मिनेटमा नै मानेको गोलबाट लिभरपुलले अग्रता लिएपनि युनाईटेडकालाई ३३औँ मिनेटमा जेसे लेङगार्डले बराबरी गोल फर्काएका थिए ।

६४ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको लिभरपुलले दोस्रो हाफमा म्यान युनाईटेडमाथि एकतर्फी दवाव बनाएको थियो । लिभरपुलले ३६ प्रहार गर्दा म्यान युनाईटेडले मात्र ६ वटा प्रहारका लागि अवसर सृजना गरेको थियो । जसमध्ये २ वटा मात्र पोष्ट केन्द्रित थिए । युनाईटेडको यो पाँचौ हार हो ।

अन्य खेलमा साउथ हेम्प्टनले आर्सनललाई ३–२ ले हराउँदा चेल्सीले ब्राईटन एण्ड होभ एल्बियनमाथि २–१ को जित निकाल्यो ।पेड्रो र ईडेन हाजार्डले गोल गर्दै चेल्सीलाई जित दिलाएका थिए । ईपीएलमा आर्सनलको यो तेस्रो हार हो । गएरातीको हारले आर्सनलको २२ खेल लामो अपराजित यात्रा पनि टुंगिएको छ ।एएफपी