२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इन्जिनियरिङ कलेजलाई सामुदायिक कलेज बनाउन माग



अ+ अ-

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजलाई सामुदायिक कलेज बनाउन सरोकारवालाले सुझाव दिएका छन् ।

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबार भएको बैठकले गैरनाफामूलकको रुपमा स्थापित भएको कलेज निजी हुन नसक्ने भन्दै सामुदायिक बनाउने निष्र्कस निकालेको हो । कलेजका सञ्चालकहरूबीच आपसि विवाद चुलिएपछि उक्त बिषय संसदमा प्रबेश गरेको हो ।

उपसमितीको बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक संस्थाका रूपमा दर्ता भएको कलेज निजी नहुने बताए । ‘कलेज सञ्चालकको विवाद प्रशासनसम्म आयो,’ उनले भने, ‘छानबिनमा आर्थिक र नीतिगत अनियमितता गरेको भेटिएको छ ।’ सञ्चालक सदस्यहरू सार्वजनिक कलेज गैरनाफामूलक संस्था कि नाफामूलक निजी संस्थामा जानेमा विभाजित छन् । जसका कारण कलेजको पठनपाठन प्रभावित भएको छ ।

पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेज नाफामा भएपनि कलेजको खातामा रहेको रकमले निजी गाडी किन्ने, तलब भत्ता खाने र चरम रकम दुरुपयोग गरेको भेटिएको जनाए ।