१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य



अ+ अ-

बाँके । सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ‘मिसन मसुरो’ अभियान बाँकेमा प्रभावकारी देखिएको छैन । बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २० लाख खर्च भए पनि उपलब्धि भने शून्य देखिएको छ । प्रदेश र स्थानीय तहमध्ये कसले कार्यक्रम सञ्चालन गर्ने भन्ने अन्योलकै कराण यो कार्यक्रम अहिले प्रभावकारी हुन नसकेको हो ।

दुई वर्षदेखि जिल्ला तहमा बजेट नआएपछि कार्यक्रम बन्द रहेको छ । कार्यक्रम बन्द भएपछि उक्त कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थालाई मसुरो उत्पादनका लागि वितरण गरिएका कृषि सामग्री कुन अवस्थामा छन् र ती कृषकले कस्तो काम गरिरहेका छन् भन्ने जानकारीसमेत लिइएको छैन ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ सदस्य सचिव रहने जिल्लास्तरीय समितिमा कृषि विकास कार्यालय, सहकारी विभाग, जिल्ला विकास समितिको प्रतिनिधित्व हुने गरेको थियो । सोही समितिले कृषि सहकारी छनोट गरी कार्यक्रम दिने गरेको थियो । बाँकेमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत मसुरो खेतीलाई छनोट गरिएको थियो ।
माटो सुहाँउदो खेती भएकाले मसुरो उत्पादन वृद्धि गरी स्वदेशमै आत्मनिर्भर बनाउने लक्ष्य राखिए पनि उक्त लक्ष्य पाउन गरिएको लगानीले शून्य नतिजा दिएको छ । उक्त कार्यक्रमको सदस्य सचिवका रुपमा रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यालय प्रमुख अजयसिंह सिजापतिले बजेट नआएपछि दुई वर्ष अघिदेखि कार्यक्रम बन्द अवस्थामा रहेको बताउनुभयो ।

कृषि विकास कार्यालय, सहकारी डिभिजन र जिल्ला विकास समिति खारेज भई नयाँ संरचनामा गएपछि पनि कार्यक्रम अघि बढ्न नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कार्यक्रम सञ्चालनमै अन्यौल छ ।” बाँकेमा कृषकलाई यस कार्यक्रमअन्तर्गत मसुरोको बीउ, हाते ट्र्याक्टर जस्ता कृषि सामग्री दिएको थियो । उक्त सामग्रीको प्रयोगको अवस्थाबारे समेत अहिले कसैले चासो देखाएको छैन । रासस