१४ आश्विन २०८१, सोमबार
,
Latest
अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटक नेपाल भित्रिएको भन्दै सरकारले केक काट्दै मनायो खुसीयाली



अ+ अ-

एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ ।

नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गर्नुभएको हो ।

सन् २०१८ मा १० लाख एक हजार ३०० बाह्य पर्यटक भित्रिएका हुन् । यसअघि सबैभन्दा बढी सन् २०१५ मा आठ लाख ६० हजार पर्यटक भित्रिएको तथ्याङ्क रहेको थियो ।

सो अवसरमा मन्त्री लम्सालले गत वर्षभन्दा पर्यटक आगमनको दर ३० प्रतिशतले बढेको बताउँदै पर्यटन क्षेत्रबाटै पर्यटनको समृद्धि हुने बताउनुभयो ।

मन्त्री लम्सालले गण्डकी प्रदेशले सन् २०२२ लाई पर्यटन वर्षका रूपमा मनाउन लागेको उल्लेख गर्दै सो अवधिसम्म वार्षिक २० लाख पर्यटकको सङ्ख्या टाउकै गनेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले बढ्दो पर्यटकको आगमनलाई मध्यनजर गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसका लागि प्रदेश सरकारले ११ वटै जिल्लामा रहेका पर्यटकीयस्थललाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ । रासस