२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मटिहानीमा घण्टाघर बन्दै



अ+ अ-

 

बर्दिवास । महोत्तरी जिल्लाको धार्मिक एवं पुरातात्विक महत्वको मटिहानी नगरपालिकामा घण्टाघर निर्माण थालिएको छ । मटिहानी–८ मा पर्ने मुख्यचोकमै नगरपालिकाले ३० लाखको लागतमा घण्टाघर बनाउन थालेको हो ।
अहिले मटिहानीको घण्टाघर निर्माणमा दैनिक ५० भन्दा बढी ज्यामी जुटेका छन् । आउने वर्षको दशैँअगावै ५० फिट अग्लो घण्टाघर निर्माण सम्पन्न गरिने नगरपालिकाले जनाएको छ । घण्टाघर निर्माण काम गत शनिबार शुरु भएको हो ।
मुलुकभरकै सम्पूर्ण गुठी र मठमध्ये मुख्य मठ मानिने लक्ष्मीनारायण मठ, २५० वर्ष पुरानो राजकीय संस्कृत पाठशाला र संस्कृत क्याम्पस९याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ रहेको मटिहानीस्थित लक्ष्मीसागर सीताजीको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँ मानिन्छ । यहाँ बन्ने घण्टाघरले नगरको सौन्दर्य वृद्धिमा सघाउ पुर्याउने मटिहानीवासीले बताएका छन् ।

नेपाल भारत सीमाअवस्थित मटिहानी भारतको दरभङ्गा जाने प्रवेश पनि मानिन्छ । भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर, करुणा, बिसौल र गिरिजास्थानसहितका धार्मिकस्थल जानेआउने मुख्य नाका रहेकाले मटिहानीमा निर्माण हुने घण्टाघर दुबै देशका बासिन्दाका लागि गौरवको कुरा हुने लक्ष्मीनारायण मठका उत्तराधिकारी मानमहन्थ रवीन्द्र दास वैष्णव बताउनुहुन्छ ।

घण्टाघर निर्माणमा महोत्तरी उद्योग वाणिज्य सङ्घ, सीमावर्ती भारतीय बजार मधवापुरको व्यापार निगम र भारतीय उद्योगीले पनि सकारात्मक चासो देखाएका छन् । निर्माण थालिएको घण्टाघरमा मिथिला कला, संस्कृति झल्किने चित्र अङ्कित गरेर आकर्षक बनाइने नगरपालिकाले जनाएको छ । रासस